राष्ट्रिय
-
२०७६ फाल्गुण २५, आइतबार
मास्क छैन : अनुगमन भएन
भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुण््याएका छन् । औषधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँस्नुपरेको साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापति...
-
२०७६ फाल्गुण २४, शनिबार
मुगुका सीमा नाकामा ‘हेल्प डेस्क’
छिमेकी देश चीनबाट शुुरु भएको ‘कोभिड–१९’ संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्प डेक्स’ राखिने भएको छ । शुक्रबार जिल्लाका सरोकारवाला निकायको बसेको बैठकले गरेको निर्णयअनुसार छिमेकी देश चीनसँगै सीमा जोडिएका सीमा नाका नाक्चालाग्नालगायत जिल्ला भित्रिने प्रमुख प्रवेशद्वारामा ‘हेल्प डेक्स’ राखिने निर्णय गरिएको छ । मुगुुमा कोराना भाइरसको सङ्क्रमण हुन नदिन र भई हाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह...
-
२०७६ फाल्गुण २४, शनिबार
नून र चिनी पुग्नेगरी स्टकमा छ : साल्ट ट्रेडिङ
काठमाडौं– कोरोनाभाइरसको त्रासको कारण उपभोक्ताले चाहिनेभन्दा बढी स्टक राख्न थालेपछि बजारमा दैनिक उपभोग्य वस्तु नपाइने चिन्ता बढिरहेको छ । उपभोक्ताको यही चिन्ता हटाउन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफूसँग पुग्नेगरी नून र चिनीको स्टक रहेको जानकारी दिएको छ । साल्ट ट्रेडिङ्गका विभागीय व्यवस्थापक ब्रजेशकुमार झाले जनजाति खबरलाई दिएको जानकारी अनुसार टे«डिङ्गसँग १ लाख ५८ हजार मेट्रिक टन नूनको स्टक खः...
-
२०७६ फाल्गुण २४, शनिबार
उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह
सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आम सञ्चारमाध्यामलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन...
-
२०७६ फाल्गुण २४, शनिबार
सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण
ल्याय्म्ह पुचः थिमिद्वारा प्रकाशित “स्याचुपि” नामक कविता संग्रह पुस्तक आज थिमिमा लोकार्पण गरिएको छ । बाङ्गमय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीले उक्त पुस्तकको लोकार्पण गर्दै कविताको माध्यमबाट पनि समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै कविताको महत्वका विषयमा चर्चा गर्नुभएको थियो । मुलुकको विभिन्न कालखण्डमा घटेका घटनालाई कविताको माध्यमबाट जनमानसमा चेतना दिने र स्याचुपिको...
-
२०७६ फाल्गुण २३, शुक्रबार
जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरिने
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सङ्गठन कमिटी म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीको निर्देशनअनुसार हालै बेनीमा बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्लाव्यापी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई...
-
२०७६ फाल्गुण २३, शुक्रबार
देवघाटमा राति दाहसंस्कार गर्न नपाइने
तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो । समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा दाहसंस्कार गर्न...
-
२०७६ फाल्गुण २३, शुक्रबार
छिट्टै काममा फर्कन्छु ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गर्नुभएको छ । सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।”
-
२०७६ फाल्गुण २३, शुक्रबार
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प
अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो । गत फागुन ५ गते रातिको समयमा एक अज्ञात समूहले टावरसँग जोडिएका सबै तार र अन्य सामग्रीलाई तोडफोड गरेपछि गाउँपालिकाका सबै सेवाग्राही समस्यामा परेको वल्र्डलिङ कम्युनिकेसनका...
-
२०७६ फाल्गुण २३, शुक्रबार
नपाले भत्काएको इँटाभट्टा चिम्नी व्यवसायीद्वारा पुनःनिर्माण
नमोबुद्ध नगरपालिकाले मापदण्डविपरीत सञ्चालन गरी नगर प्रदूषण गराएको भन्दै भत्काएको इँटा उद्योगका भट्टाचिम्नी व्यवसायीले पुनःनिर्माण गरेका छन् । नपाले गत भदौ ८ गते नगरको २ र ३ नं वडाका आठ इँटा उद्योगको भट्टाचिम्नी क्रेन प्रयोग गरी भत्काएको थियो । नमोबुद्ध नपा–३ स्थित भैरवकुण्ड इँटा उद्योगले हाल एक भट्टाचिम्नी निर्माण गरेको छ । भक्तपुरका राम सुवाललगायत सात जनाको समूहद्वारा सञ्चालित उक्त उद्योगले चैत...
-
२०७६ फाल्गुण २३, शुक्रबार
कोभिड–१९ को संवेदनशीलताबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन गर्नुभएको थियो...
-
२०७६ फाल्गुण २३, शुक्रबार
मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “मध्यन्नबाट देशैभरि बदली भई...


