relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ फाल्गुण २२, बिहिबार

    अनिवार्य मातृभाषा शिक्षा माग्दै मागपत्र दर्ता

    काठमाडौं– अनिवार्य मातृभाषा शिक्षाको माग गर्दै शिक्षामन्त्रालयमा मागपत्र दर्ता गरिएको छ । मातृभाषा शिक्षा जनस्तर अभियानले शिक्षामा मातृभाषा अनिवार्य गरिनुपर्ने माग गर्दै शिक्षा मन्त्रालयमा उक्त मागपत्र दर्ता गरेको हो । अभियानका अभियन्ता देवदास मानन्धर, रवीन्द्र श्रेष्ठलगायत मन्त्रालयमा पुगी बिहीबार (फागुन २२) उक्त मागपत्र दर्ता गरिएको हो । शिक्षामन्त्रीको ध्यानाकर्षणसहित दर्ता गरिएको मागपत्रमा गत...

  • २०७६ फाल्गुण २२, बिहिबार

    काठमाडौं अब मेकानिकल पार्किङको प्रयोग हुने

    अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौँमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै बुधबार कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव...

  • २०७६ फाल्गुण २२, बिहिबार

    कोरोना सचेतना

    सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ । उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो । भाइरसबाट बच्न मानसिकरुपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अङ्कमाल नगर्न, नियमित रुघाखोकीका...

  • २०७६ फाल्गुण २२, बिहिबार

    महायज्ञमा करिब डेढ करोडको दान सङ्कलन

    यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब रु डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी रु एक करोड ४७ लाख ४७ हजार ८२९ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मात्रै रु ३१ लाख ९१ हजार ८२७ दान सङ्कलन भएको...

  • २०७६ फाल्गुण २२, बिहिबार

    ललितानिवासमा जग्गा किनेका ‘पीडित’ नेवारहरु मारमा

    काठमाडौं– लामो समयदेखि भ्रष्टाचारको ठूलो काण्ड बनेको बालुवाटारस्थित ललितानिवासमा जग्गा किनी घर बनाएका ३६ जना जग्गाधनीहरु मारमा परेको जानकारीमा आएको छ । उक्त स्थानमा जग्गा किन्ने यी ३६ जनामध्ये २९ जना स्थानीय नेवारहरु छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूल्ठूला अधिकारीविरुद्धसमेत उक्त काण्डमा मु्द्दा दायर गरिसकेको छ । यी ३६ जना व्यक्तिले गत २०६३/६४ सालमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग...

  • २०७६ फाल्गुण २२, बिहिबार

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

    मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उहाँको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी...

  • २०७६ फाल्गुण २२, बिहिबार

    ‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’

    “ए हजुर, नमस्कार १ हात मिलाउने हैन, शिष्टतापूर्वक नमस्कार गरौँ ।” महोत्तरीको बर्दिवास नगरपालिकाले यो सन्देश फैलाउन अहिले अभियान नै शुरु गरेको छ । बर्दिवास नगरक्षेत्रका सघन आवजावत हुने र मानिस जम्मा हुने चोकमा नगरप्रमुख विदुरकुमार कार्की आफैँ यो अभियानमा लाग्नुभएको छ । “सबैले सुन्दै हुनुहुन्छ नि।।१ कोरोना भाइरस भनिने सङ्क्रमणले संसारभरि नै आतङ्क मच्चाउँदो छ,” आज बिहीबार एकाबिहानै पूर्वपश्चिम...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोभिड–१९ प्रभाव राष्ट्रिय साहित्य सम्मेलन स्थगित

    गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको जानकारी गराएको हो । ‘भाषा, साहित्य र संस्कृतिको उत्थान स् साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोरोना भाइरसको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह

    निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस कोभिड–१९ को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी,...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ सभापति देउवा

    पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै दाजुभाइ तथा दिदीबहिनीलाई सचेत हुन आग्रह गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “यस रोगको पूर्वसावधानीका लागि भरसक...

  • २०७६ फाल्गुण २१, बुधबार

    छाउपडीविरुद्ध सरकारी अभियान ः आठ हजार बढी छाउगोठ नष्ट

    सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेअनुुसार हालसम्म आठ हजार ६१७ छाउगोठ भत्काइएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा छ हजार ३८२ र कर्णाली प्रदेशमा दुई हजार २३५ छाउगोठ भत्काइएको छ । हालसम्म सबैभन्दा...

  • २०७६ फाल्गुण २१, बुधबार

    पाकिस्तानका समकक्षीबाट स्वास्थ्यलाभको कामना

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश...

Pages