relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    पत्रकार जितेन्द्र महर्जन रिहा

    काठमाडाैं– नेपालभाषाको पत्रिका ‘न्हूगु जोजोलपा’का प्रधानसम्पादक एवं रेडियो मिर्मिरेका कार्यक्रम सञ्चालक जितेन्द्र महर्जन बिहीबार (फागुन २९ गते) जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा रिहा भएका छन् । महर्जनलाई गत फागुन १४ गते कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको थियो । समाचार संकलन तथा प्रकाशनको काम सकेर कार्यलयबाट घर फर्कदै गरेको अवस्थामा कीर्तिपुरको नयाँबजारबाट पक्राउ गरी महर्जनलाई महानगरीय...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

    कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । भाइरसको पूर्वसतर्कता अपनाउन ती...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    १०० नम्बरमा ‘ब्लफकल’ नगर्न आग्रह

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कन्ट्रोल कक्षमा अनावश्यक ‘ब्लफकल’हरू आउन थालेपछि सुरक्षाकर्मी हैरान भएका छन् । डडेल्धुरा प्रहरीको १०० नम्बरमा दैनिक आउने ब्लफकलले सुरक्षाकर्मीलाई हैरान बनाएको हो । अत्यावश्यक कामका लागि वा कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन् । ड्युटीमा खटिएका बेला आउने ब्लफकलले हैरान...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    कोभिड–१९ः पर्वतारोहणमा गुम्दै रु ६० करो

    वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो । मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिएको छ । यसले...

  • २०७६ फाल्गुण २९, बिहिबार

    नमूना जनगणना गरिने

    आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ । तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा नं २ का १६१ र वडा नं ९ को २०५ घरधुरीमा नमूना गणना गरिनेछ । लेकम गाउँपालिकाको वडा नं ६ का १६५ तथा अपी हिमाल गाउँपालिकाको वडा नं ६ को १३३ घरधुरीमा नमूना जनगणना...

  • २०७६ फाल्गुण २९, बिहिबार

    नेपालभाषाको समाचार बन्दको निर्णय अनपेक्षित : नेवाः पत्रकार राष्ट्रिय दबू

    काठमाडौं– ईमेल च्यानल टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपालभाषाको समाचार बुलेटिन यही चैत १ गतेदेखि बन्द हुने निर्णयप्रति नेवाः पत्रकार राष्ट्रिय दबूले गम्भीर ध्यानाकर्षण जनाएको छ । दबूका महासचिव सुनील महर्जनद्वारा बिहीबार (फागुन २९ गते) जारी एक विज्ञप्तिमा ईमेल च्यानलको नेपालभाषाको समाचार बन्दको निर्णय अनपेक्षित रहेको जनाइएको छ । च्यानलको यस निर्णयले नेपालभाषाका दर्शकलाई मात्र नभएर समावेशी...

  • २०७६ फाल्गुण २९, बिहिबार

    ‘कोभिड–१९’ भित्रिन नदिन सरकार उच्च तयारीमा : सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । “शुरुमा पाँच मुलुकबाट...

  • २०७६ फाल्गुण २९, बिहिबार

    हरायो काठमाडौँ उपत्यकाका धारापोखरी

    काठमाडौँ उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो । बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत सङ्कलन शुरु गरेको थियो । अध्ययन सकिएसँगै बोर्डले अहिले स्थलगत विवरणसहित पुस्तक प्रकाशन गरेको छ । एक शताब्दी पहिलेसम्म उपत्यकामा ५७३...

  • २०७६ फाल्गुण २८, बुधबार

    थारु समुदायमा जटिल बन्दै थालेसिमिया

    थालेसिमिया (अपुष्ट रक्तकोष) अनुवंशीय रोग हो । वंशाणुगतबाहेकको कारणबाट यो रोग कसैमा सर्दैन । रगतसम्बन्धी देखापर्ने मध्येको जटिल रहेको थालेसिमिया लागेमा बिरामीलाई सिकलसेल एनिमिया हरेक महिना रगत चढाउनुपर्ने हुनसक्छ । नेपालमा थालेसिमियाको खासै चर्चा र सोधखोज नहुँदा पहिचान, न्यूनीकरण र उपचारबारे धेरैले जानकारी पाउन सकेका छैनन् । गर्भमै लाग्ने थालेसिमिया समयमै पत्ता लगाउन सके उपचार गरेर दीर्घजीवन...

  • २०७६ फाल्गुण २८, बुधबार

    लुम्बिनीको वृहत्तर विकास गरिने : मन्त्री भट्टराई

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताउनुभयो । नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा...

  • २०७६ फाल्गुण २८, बुधबार

    पूर्वमन्त्री शेर्माको निधन

    पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको आज अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उहाँको निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत हुनुहुन्थ्यो । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मनुभएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री हुनुभएको...

  • २०७६ फाल्गुण २८, बुधबार

    ईमेज च्यानलमा नेपालभाषाको समाचार बन्द हुने

    काठमाडौं– नेपालभाषामा समाचार दिने पहिलो टेलिभिजन च्यानल ईमेज च्यानलले अब नेपालभाषामा समाचार बन्द गर्ने भएको छ । दिनहुँ बेलुका प्रशारण भइरहेको नेपालभाषाको समाचार किन बन्द गरिन लागेको हो यस विषयमा कुनै पनि औपचारिक जानकारी प्राप्त भएको छैन । च्यानलको व्यवस्थापन पक्षबाट यही चैत १ गतेदेखि नेपालभाषाको समाचार बन्द गरिन लागेको थाहा हुन आएको छ ।

Pages