राष्ट्रिय
-
२०७६ फाल्गुण २९, बिहिबार
हरायो काठमाडौँ उपत्यकाका धारापोखरी
काठमाडौँ उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो । बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत सङ्कलन शुरु गरेको थियो । अध्ययन सकिएसँगै बोर्डले अहिले स्थलगत विवरणसहित पुस्तक प्रकाशन गरेको छ । एक शताब्दी पहिलेसम्म उपत्यकामा ५७३...
-
२०७६ फाल्गुण २८, बुधबार
थारु समुदायमा जटिल बन्दै थालेसिमिया
थालेसिमिया (अपुष्ट रक्तकोष) अनुवंशीय रोग हो । वंशाणुगतबाहेकको कारणबाट यो रोग कसैमा सर्दैन । रगतसम्बन्धी देखापर्ने मध्येको जटिल रहेको थालेसिमिया लागेमा बिरामीलाई सिकलसेल एनिमिया हरेक महिना रगत चढाउनुपर्ने हुनसक्छ । नेपालमा थालेसिमियाको खासै चर्चा र सोधखोज नहुँदा पहिचान, न्यूनीकरण र उपचारबारे धेरैले जानकारी पाउन सकेका छैनन् । गर्भमै लाग्ने थालेसिमिया समयमै पत्ता लगाउन सके उपचार गरेर दीर्घजीवन...
-
२०७६ फाल्गुण २८, बुधबार
लुम्बिनीको वृहत्तर विकास गरिने : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताउनुभयो । नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा...
-
२०७६ फाल्गुण २८, बुधबार
पूर्वमन्त्री शेर्माको निधन
पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको आज अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उहाँको निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत हुनुहुन्थ्यो । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मनुभएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री हुनुभएको...
-
२०७६ फाल्गुण २८, बुधबार
ईमेज च्यानलमा नेपालभाषाको समाचार बन्द हुने
काठमाडौं– नेपालभाषामा समाचार दिने पहिलो टेलिभिजन च्यानल ईमेज च्यानलले अब नेपालभाषामा समाचार बन्द गर्ने भएको छ । दिनहुँ बेलुका प्रशारण भइरहेको नेपालभाषाको समाचार किन बन्द गरिन लागेको हो यस विषयमा कुनै पनि औपचारिक जानकारी प्राप्त भएको छैन । च्यानलको व्यवस्थापन पक्षबाट यही चैत १ गतेदेखि नेपालभाषाको समाचार बन्द गरिन लागेको थाहा हुन आएको छ ।
-
२०७६ फाल्गुण २७, मंगलबार
परीक्षा सार्नेबारे त्रिविमा बोर्ड बैठक
काठमाडौं– कोरोना (कोभिड १९) भाइरसको त्रासका कारण परीक्षा सार्न विद्यार्थीले दबाब दिएपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा समितिले बैठक बोलाएको छ । त्रिवि परीक्षा नियन्त्रक तथा समितिका सदस्यसचिव पुष्पराज जोशीले शुक्रबार ५ बजेको लागि समितिको बैठक बोलाएको थियो । कोरोना भाइरसको त्रासका कारण परीक्षामा बस्ने वातावरण नभएको भन्दै विद्यार्थीले परीक्षा सार्न त्रिविका अधिकारीलाई दबाब दिइरहेका छन् ।...
-
२०७६ फाल्गुण २७, मंगलबार
वरिष्ठ कवि वासु शशी र डा. कुमारबहादुर जोशीको शालिक अनावरण
वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सह–आयोजनामा कपिलवस्तुको कपिलधाममा आइतबार वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ साहित्यकार प्रा. डा. कुमारबहादुर जोशीको शालिक अनावरण कार्यक्रम सम्पन्न भयो। परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. रमेश ढकालले वासु शशीको र विशिष्ट अतिथि...
-
२०७६ फाल्गुण २६, सोमबार
अन्तर्राष्ट्रिय मान्यता पायो मूर्तिकला कार्यशालाले
यही फागुन ५ देखि २१ गतेसम्म जिल्लाको गलकोटमा सञ्चालित आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । मूर्तिकलाको अन्तर्राष्ट्रिय संस्था आइएसएसए ले कार्यशालालाई सदस्यतासमेत दिएको छ । “कार्यशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले आइएसएसए ले सदस्यता दिएको हो”, कार्यशालाका संयोजक मूर्तिकार ओम खत्रीले भन्नुभयो । संस्थाका महासचिव चीनका मूर्तिकार ल्यू याङ्गले कार्यशालाको समापन...
-
२०७६ फाल्गुण २६, सोमबार
छिट्टै मच्छिन्द्रनाथको पुनःनिर्माण अघि बढाइने
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुरातत्व विभागलाई ललितपुर महानगरपालिकामा पठाउनु भनी दुई महिनाअघि लेखेको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण विषयक उपभोक्ता समिति गठन गर्ने पत्र यही फागुन १९ गते प्राप्त भएको छ । प्राधिकरणले लेखेको पत्र महानगरपालिका आउन ढिलाइ भएसँगै समिति गठन गरी काम अघि बढाउन अन्योल परेको नगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनअघि मात्र हामीले...
-
२०७६ फाल्गुण २५, आइतबार
कोरोना भाइरससम्बन्धी काठमाडौं महानगरपालिकाको जनचेतना अभियान
काठमाडौं– कोरोना भाइरसको त्रासबाट मुक्त हुन काठमाडौं महानगरपालिकाले एक वृहत् जनचेतना कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा कोरोना र डेंगे रोगको महामारी सम्बन्धमा काठमाडौंका ३२ वटै वडामा जनचेतना कार्यक्रम थालिने जानकारी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दिएका छन् । “कोरोना भाइरसको महामारीबाट त्रसित हुन छोडेर यसलाई कसरी व्यवस्थापन गर्ने त्यसतर्फ ध्यान...
-
२०७६ फाल्गुण २५, आइतबार
कोभिड–१९ नेपालीलाई भारत नजान टीकापुरको आग्रह
कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन् । नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर्नाका साथै नेपालीलाई पनि भारत नजान...
-
२०७६ फाल्गुण २५, आइतबार
राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यसै अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानका रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा...


