STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ चैत्र ५, बुधबार

    एसइई परीक्षा स्थगितको सूचना दिँदै प्रजिअहरु

    मुलुकभर यही बिहीबारदेखि शुरु हुने भनिएको माध्यमकि शिक्षा परीक्षा (एसइई) ‘कोभिड–१९’ को सङ्क्रमण देखिने जोखिम बढेको भन्दै केन्द्र सरकारले परीक्षा स्थगित गरेपछि कर्णाली प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीले केन्द्राध्यक्षलाई स्थगनको सूचना प्रवाह गर्न थालेका छन् । माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारीले गृहको निर्देशन अनुसार आ–आफ्ना जिल्लामा...

  • २०७६ चैत्र ५, बुधबार

    सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना

    सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । आज ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिनुभयो । यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल...

  • २०७६ चैत्र ५, बुधबार

    पेट्रोलियम पदार्थको सहज उपलब्धता ः अनावश्यक हल्लाको पछि नलाग्न आग्रह

    पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हँुदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी सबैमा अनुरोध गरेको छ ।...

  • २०७६ चैत्र ४, मंगलबार

    चलचित्र पत्रकार संघमा सिटौला निर्वाचित

    काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशनबाट दिनेश सिटौला अध्यक्ष पदमा निर्वाचित भएका छन् । सोमबार (चैत ३ गते) काठमाडौं कालोपुलस्थित हिरारत्न हलको बेस्ट भेन्युमा भएको उक्त महाधिवेशनलाई सिनेपत्रकार विजयरत्न तुलाधर असंबरेले उद्घाटन गरेका थिए । चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, नेपाल पत्रकार महासंघका प्रतिनिधि राधेश्याम दाहाल, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष विदुर गिरीलगायतका...

  • २०७६ चैत्र ४, मंगलबार

    कोरोनाको आशङ्का गरिएका नौ बिरामी स्वस्थ्य रहेको पुष्ट

    कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो । पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव...

  • २०७६ चैत्र ४, मंगलबार

    मन्त्री हुनु त यस्तो पो !

    शुरबहादुर सिंह सुर्खेत, ४ चैत (रासस) कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उहाँको आँखा पुग्यो । चालकलाई गाडी रोक्न भन्नुभयो । गाडी गतिमा भएकाले रोक्न खोजेको ठाउँभन्दा १०० मिटर टाढा गएर रोकियो । गाडी...

  • २०७६ चैत्र ४, मंगलबार

    नेपाल–भारत मैत्री बस सेवा बन्द

    कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए । यसबाहेक गौरीफंण्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महादेव भट्टले धनगढीबाट...

  • २०७६ चैत्र ४, मंगलबार

    घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जना पक्राउ

      सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो । अभियानमा घरेलु मदिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद...

  • २०७६ चैत्र ४, मंगलबार

    कालोबजारी रोक्न निर्देशन

    प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले उपभोग्य वस्तुको कृत्रिम अभाव गरिएका ठहर गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन निर्देशन दिएको हो । बैठकले अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारीमाथि कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सरकारले...

  • २०७६ चैत्र ४, मंगलबार

    निगमको क्वालालम्पुर उडान स्थगित

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको छ । मलेसिया सरकारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि निगमले क्वालालम्पुरको उडान स्थगित गरेको हो । क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्चबाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको निगमले आज...

  • २०७६ चैत्र ३, सोमबार

    पोर्चुगलमा कोभिड–१९ बाट नेपाली सङ्क्रमित

    पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गर्नुभएको हो । नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसंँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो । यसै क्रममा सङ्क्रमित नेपालीसंँगै बस्ने, सँंगै काम गरेका र सम्पर्कमा भएका ७४...

  • २०७६ चैत्र ३, सोमबार

    हात नमिलाउन र अङ्कमाल नगर्न आग्रह

    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका निमित्त प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले कोरोना भाइरसबाट बच्न कोहीसँंग पनि अङ्कमाल तथा हात नमिलाउन र नमस्कार मात्रै गरेर शिष्टाचार अभिवादन गर्न आग्रह गर्नुभएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा बनेपाको चारदोबाटोमा सञ्चालन गरेको कोभिड–१९ बारे आज...

Pages