राष्ट्रिय
-
२०७६ चैत्र ९, आइतबार
रङ्गशाला निर्माणको काम स्थगित
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो । फाउण्डेशनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रङ्गशाला निर्माणलाई...
-
२०७६ चैत्र ९, आइतबार
कोभिड–१९ : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरु
कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी र गण्डकी मेडिकल कलेज नयाँबजारमा सो सेवा शुरुआत भएको कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिका स्रोत व्यक्ति (फोकल...
-
२०७६ चैत्र ९, आइतबार
विशालबजार एवं ठूला कम्प्लेक्स बन्द
काठमाडौं– कोरोना भाइरसको सन्त्रास राजधानीमा डरलाग्दो गरी देखिएको छ । सरकारले आइतबार (चैत ९) देखि लागु हुनेगरी अत्यावश्यकबाहेक अरु सबै सेवा बन्द गर्ने निर्णय गरेसँगै काठमाडौं सुनसान बनेको छ । लाखौं मानिसहरुले काठमाडौं छोडिसकेका छन् । बजारहरु स्वतःस्फूर्त बन्द भएका छन् । काठमाडौं न्युरोडस्थित विशालबजार पनि आजबाट चैत २२ गतेसम्मको लागि बन्द गरिएको छ । विशाल बजार व्यापार संघले एउटा सुचना सार्वजनिक...
-
२०७६ चैत्र ९, आइतबार
चन्द्रागिरि केबलकार बन्द
कोभिड–१९ बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजग हुनुपर्ने भएकाले तत्कालका लागि केवलकार र रिसोर्ट...
-
२०७६ चैत्र ९, आइतबार
अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस्–काउन्सिल
प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न...
-
२०७६ चैत्र ९, आइतबार
भोलिदेखि एक सातासम्म भारत र चीनतर्फको नाका बन्द
भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय सरकारले गरेको छ । भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
-
२०७६ चैत्र ८, शनिबार
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । हाल देशका पश्चिमी भूभागलगायत अन्य पहाडी भूभागमा आङ्शिक बदली...
-
२०७६ चैत्र ८, शनिबार
मनकामना विशेष पूजाबाहेकका सबै पूजाआजा गर्न रोक
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिनुभयो । सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न...
-
२०७६ चैत्र ८, शनिबार
कोरोनाबाट विश्वभर ११ हजार ४१७ जनाको मृत्यु
जेनेभा, ८ चैत (रासस/एएफपी) : विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित...
-
२०७६ चैत्र ८, शनिबार
कोराेना त्रास : चैत–वैशाखका निजी भोजहरु स्थगित
काठमाडौं– कोरोना भाइरसको त्रासका कारण चैत–वैशाख महिनामा हुन लागेका निजी भोजहरु स्थगित भएका छन् । चैत–वैशाख महिनामा परेका निजी भोजहरु सबै स्थगित गरी अर्को वर्षको माघ, फागुनमा सारिएका छन् । काठमाडौं खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा मात्र चैत महिनाको लागि १८ भन्दा बढी भोजहरु बुक भएको ब्यांक्वेटका प्रोप्राइटर मचाराजा महर्जनले दिएका छन् । बुक भएका यी सबै भोजहरु स्थगित भएका, यी मध्ये केही भोजहरु शान्त...
-
२०७६ चैत्र ८, शनिबार
चेपाङ महिलालक्षित खाद्य अधिकारसम्बन्धी तालिम
काठमाडौं– चेपाङ महिलाहरूलाई लक्षित गरी आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धि पैरवी तथा नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । आदिवासी जनजाति महिला समूह नेपालले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आर्थिक सहयोगमा आयोजना गरेको हो । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ५, चैनपुरमा सम्पन्न उक्त तालिममा आदिवासी जनजातिको परिचय, आदिवासी जनजातिको अधिकार, खाद्य अधिकार, खाद्य...
-
२०७६ चैत्र ८, शनिबार
सोमबारदेखि पशुपतिमा विशेष पूजा बन्द
कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । कोषले...


