राष्ट्रिय
-
२०७६ चैत्र १६, आइतबार
अर्को एक साताको लागि लकडाउन थप्ने तयारी
काठमाडौं– कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले गत मंगलबारदेखि लागु गर्दैआएको लकडाउन थप एक साताको लागि थप्ने तयारी भइरहेको छ । चैत १८ गते बिहान ६ बजेसम्म अहिलेको लकडाउन यथावत रहनेछ । तर यसअघि नै लकडाउनको समय थपिने तयारी भइरहेको छ । कोरोना संक्रमण नियन्त्रणमा जनतालाई घरमै राख्नु उपयुक्त विकल्प देखिएकोले लकडाउनको समयसीमा बढाउन लागिएको स्रोतले जनाएको छ । यसको लागि आज दिउँसो ४ बजे...
-
२०७६ चैत्र १६, आइतबार
कोरोना अस्पतालमा एकको मृत्यु, कोरोना संक्रमणको आशंका
काठमाडौं– रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । उनको मृत्यु कोरोना संक्रमणको कारण भएको आशंका गरिएको छ । तर उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छैन । उनको स्वाब परीक्षणको लागि काठमाडौं ल्याइएको भए पनि रिपोर्ट आउन बाँकी छ । पाल्पा स्थायी घर भएका ३३ वर्षीय ती युवक उक्त कोरोना अस्पतालमा उपचाररत थिए । चैत ६ गते युएईबाट काठमाडौं आएर ७ गते बस चढी ती युवक...
-
२०७६ चैत्र १६, आइतबार
आठ दिनको लागि लकडाउन लम्बियो
काठमाडौं– सरकारले आठ दिनको लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा लकडाउन लम्ब्याउने निर्णय भएको हो । कोरोना संक्रमणको जोखिम अझै यथावत रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसअघि कोरोना रोकथाम र नियन्त्रणको लागि गठित उच्चस्तरीय समितिको बैठकमा अहिले जारी लकडाउनलाई १४ दिनसम्म बढाउन...
-
२०७६ चैत्र १६, आइतबार
कीर्तिपुरमा कोरोना लक्षण मिल्दोजुल्दो बिरामी
काठमाडौं– कीर्तिपुर वडा नं. १ बाघभैरवस्थित हिलटाउन स्कुलमा कोरोनासँग लक्षण मिल्दोजुल्दो बिरामी भेटिएका छन् । उक्त स्कुलमा बस्दैआएका स्कुलकै सुरक्षाकर्मी दीपक लावतीकी बहिनी कल्पना लावतीलाई कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ । कल्पना लावती ९ दिनअघि दुबईबाट फर्किएर आफ्ना दाजु कार्यरत स्कुलमा बस्दै आएका हुन् । आइतबार (चैत १६ गते) साँझ ६ः३० बजे कल्पना लावतीलाई कीर्तिपुर...
-
२०७६ चैत्र १५, शनिबार
चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने
तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ । स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौ आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेपछि...
-
२०७६ चैत्र १५, शनिबार
बसमार्फत १४८ विदेशी पर्यटक काठमाडौँ पठाइयो
लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटक आज बसमार्फत काठमाडौँं पठाइएको छ । लकडाउनसँगै होटेल तथा रेष्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडाँ सम्म पु¥याउन पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले स्थानीय प्रशासनसँग पहल गरेका थिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार अधिकांश विदेशी राष्ट्रका राजदूतावासमार्फत आफ्ना देशका नागरिकलाई...
-
२०७६ चैत्र १४, शुक्रबार
प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार (चैत १३ गते) बेलुका ओलीले अस्वस्थ महसुस गरेपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा भर्ना गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको मुटुको चालमा गडबडी देखिएको भए पनि शुक्रबार बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले जनाएको छ । स्रोतले जनाएअनुसार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपरे पनि धेरै व्यस्त...
-
२०७६ चैत्र १४, शुक्रबार
कोरोना उद्धार कोषमा उद्योगपति मानन्धरको सहयोग
काठमाडौं– उद्योगपति लक्ष्मीदास मानन्धरले कोरोनासम्बन्धी सरकारको उद्धार कोषको लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् । कोषको लागि उनले आफू स्वयं अध्यक्ष रहेको उद्योग वाणिज्य महासंघलाई उक्त रकम हस्तान्तरण गरेका छन् । महासंघले सरकारद्वारा गठित कोषको लागि रकम संकलन गरिरहेको छ । संकलित रकम केही दिनपछि सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको मानन्धरले जनाएको छ ।
-
२०७६ चैत्र १४, शुक्रबार
चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने
चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि...
-
२०७६ चैत्र १४, शुक्रबार
लकडाउनको पूर्ण पालना गर्न मेयर शाक्यको अनुरोध
काठमाडौं– सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न काठमाडौं महानगरपालिकाया मेयर विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरबासीमा अनुरोध गरेका छन् । शुक्रबार (चैत १४ गते) काठमाडौंस्थित राष्ट्रिय सभागृहको कार्यालयमा जनजाति खबरसँग कुरा गर्दै मेयर शाक्यले लकडाउन पालना गर्नुभनेको सम्पूर्ण काठमाडौंबासीकै भलाइको लागि भएको बताएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रास...
-
२०७६ चैत्र १४, शुक्रबार
नेपालमा चौथो व्यक्तिमा कोरोना संक्रमण
काठमाडौं– नेपालमा चौथो व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गरेका हुन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण पाइएको जनाइएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती बिरामीमा कोरोना संक्रमण भेटिएको जनाइएको छ । उपत्यकाबाहिरका व्यक्तिमा देखिएको यो संक्रमणको पहिलो घटना भएको जनाइएको छ...
-
२०७६ चैत्र १३, बिहिबार
संक्रमितबारे जानकारी लुकाए राजिनामा : चिकित्सक
काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार भेटिएका कोरोना संक्रमितको विषय आफूहरुलाई २४ घण्टासम्म पनि जानकारी नगराएको भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् । चिकित्सकहरुले अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई भेटेर रोगीको अवस्था र जानकारी लुकाउने प्रयास भए त्यसको उपचार गर्न छोडिदिने र आवश्यक परे जागिरबाट राजिनामा नै दिने चेतावनी दिएका छन् ।...


