राष्ट्रिय
-
२०७६ चैत्र २१, शुक्रबार
भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने
भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा...
-
२०७६ चैत्र २०, बिहिबार
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ
नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या ‘छ’ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार सङ्क्रमित व्यक्ति बाग्लुङकी महिला हुनुहुन्छ । यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको डा देवकोटाको भनाइ छ । पहिलो कोरोना...
-
२०७६ चैत्र २०, बिहिबार
भक्तपुरमा कोरोना परीक्षण शुरु
मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ । नगरपालिकाले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब स्थापना गरेको दुई सातापछि आधिकारिकरुपमा आजबाट भक्तपुरमै पहिलो पटक कोरोना परीक्षण शुरु गरेको हो । यसअघि नमूना सङ्कलन गरी टेकु अस्पताल पठाउँदै आएकामा अब नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नै कोरोना भाइरस...
-
२०७६ चैत्र १९, बुधबार
अष्टेलिया उड्यो निगमको वाइड बडी
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्टेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज केहीबेरअघि अर्थात् साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो । निगमले मलेसियाको क्वालालम्पुर हुँदै अष्टे«लियाको शहर ब्रिश्वेन पुग्ने गरी आज साँझ ५ः३० बजे उडान तालिका बनाएको थियो । निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइड बडी...
-
२०७६ चैत्र १९, बुधबार
पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित
पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा...
-
२०७६ चैत्र १९, बुधबार
कडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ
कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय...
-
२०७६ चैत्र १८, मंगलबार
अनलाइनबाटै मनाइयो विश्व नेवार दिवस
काठमाडौं– तेस्रो विश्व नेवार दिवस विश्वका विभिन्न देशमा रहेका नेवार अगुवाहरुबीच अनलाइन सम्मेलन गरी मनाइएको छ । अमेरिकाको टेक्सास राज्यमा रहेका प्रमेश श्रेष्ठले संचालन गरेको उक्त सम्मेलन तीन घण्टा बढी चलेको थियो । नेपाली समयअनुसार शनिबार (चैत १५ गते) बेलुका १० बजे सुरु भएको सम्मेलन रातिको १ बजे सम्पन्न भएको थियो । हलिं नेवाः दबू (विश्व नेवार फोरम)का अध्यक्ष सिजन श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको...
-
२०७६ चैत्र १८, मंगलबार
‘बुटवल र पाटन अस्पतालमा मर्ने कोरोना संक्रमित होइनन्’
काठमाडौं– कोरोना भाइरस संक्रमितको आशंका गरिएका बुटवलस्थित कोरोना अस्पताल र पाटन अस्पतालमा मृत्यु भएकाहरुमा भाइरस संक्रमण नरहेको जनाइएको छ । बुटवलको अस्पतालमा आइतबार मृत्यु भएका ३४ वर्षीय युवामा कोरोना संक्रमण नभएको नमूना परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, सोमबार पाटन अस्पतालमा मृत्यु भएका एक व्यक्ति कोरोनाका नभएर मिर्गौलाका बिरामी रहेको अस्पतालले जनाएको छ...
-
२०७६ चैत्र १८, मंगलबार
कलाकार एवं सञ्चारकर्मी महर्जनलाई पितृशोक
काठमाडौं– कलाकार, साहित्य एवं सञ्चारकर्मी लक्ष्मीकुमार महर्जन तथा कलाकार राजीव महर्जनया पिता गुणसिं महर्जनको चैत १८ गते मंगलबार बिहान निधन भएको छ । ८४ वर्षीय महर्जन लामो समयदेखि दमको रोगबाट ग्रसित थिए । महर्जनको अन्तिम संस्कार मंगलबार बिहान कीर्तिपुर देवध्वाखामा गरिएको छ । दिवंगत महर्जनका जहान, दुई छोरा र चारजना छोरी रहेका छन् ।
-
२०७६ चैत्र १८, मंगलबार
जात्रापर्व नभनी घरमै बस्न संस्कृतिविद्को अनुरोध
काठमाडौं– वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले जीवनरक्षाको लागि अहिलेको समय घरमै बस्न सर्वसाधारणमा अनुरोध गरेका छन् । कोरोना भाइरसबाट बच्न स्वस्तिपाठ, जात्रापर्व गर्नुभन्दा पनि विज्ञानले भनेजस्ता उपायहरु अपनाउनु बुद्धिमानी हुने उनले बताएका छन् । जनजाति खबरसँग कुरा गर्दै जोशीले लकडाउनको समय आफ्नै घरमा बस्नु, भीडभाडमा नजानु र साबुन पानीले नियमित रुपमा हात धुन अनुरोध गरेका छन् । सय...
-
२०७६ चैत्र १८, मंगलबार
कीर्तिपुरका बिरामीको रिपोर्ट ‘नेगेटिभ’
काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा कीर्तिपुर अस्पतालले पाटन अस्पताल रिफर गरेकी कल्पना लावतीको परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको अस्पताल स्रोतले जनाएको छ । हिलटाउन स्कुलका सुरक्षागार्ड दीपक लावतीकी बहिनी कल्पना गत चैत ७ गते दुबईबाट फर्किएकी थिए । कीर्तिपुर १ बाघभैरव क्षेत्रको हिलटाउन स्कुलमा कार्यरत दाजुको कोठामा बसिरहेकी उनीलाई उच्च ज्वरो, टाउको दुखाइ र श्वासप्रश्वासमा समस्या आएपछि कीर्तिपुर...
-
२०७६ चैत्र १८, मंगलबार
नेपालभाषा टिकटोक प्रतियोगिता सम्पन्न
काठमाडौं– विश्व नेवार दिवसको उपलक्ष्यमा राष्ट्रिय नेवाः खलः इजरायलको आयोजनामा ‘अन्तर्राष्ट्रिय नेपालभाषा टिकटोक प्रतियोगिता ११४०’ सम्पन्न भएको छ । अनलाइनमार्फत गत मार्च २७ तारिखमा स्काइपमार्फत् एक सम्मेलन गरी उक्त प्रतियोगिताका विजयी घोषणा गरिएको कार्यक्रम संयोजक राजकुमारी श्रेष्ठले जानकारी गराएकी छिन् । प्रतियोगितामा प्रथम लक्ष्मी राई, द्वितीय गौरव श्रेष्ठ र तृतीय साबी बोम्रेल भएका थिए ।...


