राष्ट्रिय
-
२०७६ चैत्र १०, सोमबार
उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने
कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ । दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार यहाँ सम्पन्न आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको छ । फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना...
-
२०७६ चैत्र १०, सोमबार
लामो दूरीका सवारीसाधन आवागमन रोकिए
कोरोना भाइरसको सम्भावित जोखिम रोक्नआजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन...
-
२०७६ चैत्र १०, सोमबार
सङ्ग्रहालय बन्द
कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखी सरकारले अनावश्यक भीडभाड नगर्न तथा अत्यावश्यकका कामबाहेक बाहिर ननिस्कन निर्देशन दिएसँगै विभिन्न स्थानमा सञ्चालन गरिएको सङ्ग्रहालय तथा म्युजियम बन्द भएका छन् । नेपाल पर्वतारोहण सङ्घअन्तर्गत पोखरामा सञ्चालन गरिएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र ककनीमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति उद्यान बन्द गरिएको छ । पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर...
-
२०७६ चैत्र १०, सोमबार
काठमाडौंमा एक युवतीमा कोरोनाभाइरसको संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए । उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।...
-
२०७६ चैत्र १०, सोमबार
सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गुठी समिति गठन
गुठी सम्बन्धी रायसुझाव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गुठी समिति गठन गठन गरेको छ । चैत ५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त समिति गठन गरिएको हो । काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीको विषयमा के गर्ने भन्नेत विषयका सन्दर्भमा सरोकारवाला, गुठीयार तथा जनप्रतिनिधिहरुसँग...
-
२०७६ चैत्र १०, सोमबार
सर्वसाधारणलाई घरमै रहन निर्देशन, देश नै ‘लकडाउन’
काठमाडौं– मंगलबारदेखि लागु हुने गरी सरकारले सर्वसाधारणलाई घरबाहिर निस्कन नमिल्ने गरी ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । काठमाडौंमा कोरोना भाइरस संक्रमित भेटिएपछि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय सरकारले गरेको हो । फ्रान्सबाट कतारको दोहा भएर चैत ४ गते नेपाल आएका एक महिला कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि सरकारले उक्त कदम चालेको हो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले...
-
२०७६ चैत्र ९, आइतबार
भोलिदेखि एक सातासम्म भारत र चीनतर्फको नाका बन्द
भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय सरकारले गरेको छ । भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
-
२०७६ चैत्र ९, आइतबार
रङ्गशाला निर्माणको काम स्थगित
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो । फाउण्डेशनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रङ्गशाला निर्माणलाई...
-
२०७६ चैत्र ९, आइतबार
कोभिड–१९ : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरु
कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी र गण्डकी मेडिकल कलेज नयाँबजारमा सो सेवा शुरुआत भएको कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिका स्रोत व्यक्ति (फोकल...
-
२०७६ चैत्र ९, आइतबार
विशालबजार एवं ठूला कम्प्लेक्स बन्द
काठमाडौं– कोरोना भाइरसको सन्त्रास राजधानीमा डरलाग्दो गरी देखिएको छ । सरकारले आइतबार (चैत ९) देखि लागु हुनेगरी अत्यावश्यकबाहेक अरु सबै सेवा बन्द गर्ने निर्णय गरेसँगै काठमाडौं सुनसान बनेको छ । लाखौं मानिसहरुले काठमाडौं छोडिसकेका छन् । बजारहरु स्वतःस्फूर्त बन्द भएका छन् । काठमाडौं न्युरोडस्थित विशालबजार पनि आजबाट चैत २२ गतेसम्मको लागि बन्द गरिएको छ । विशाल बजार व्यापार संघले एउटा सुचना सार्वजनिक...
-
२०७६ चैत्र ९, आइतबार
चन्द्रागिरि केबलकार बन्द
कोभिड–१९ बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजग हुनुपर्ने भएकाले तत्कालका लागि केवलकार र रिसोर्ट...
-
२०७६ चैत्र ९, आइतबार
अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस्–काउन्सिल
प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न...


