STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण २२, बिहिबार

    महायज्ञमा करिब डेढ करोडको दान सङ्कलन

    यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब रु डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी रु एक करोड ४७ लाख ४७ हजार ८२९ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मात्रै रु ३१ लाख ९१ हजार ८२७ दान सङ्कलन भएको...

  • २०७६ फाल्गुण २१, बुधबार

    माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता

    चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आवासगृह र आयोजनमा उच्च सतर्कता अपनाएको हो । आयोजनाले बाह्य व्यक्तिलाई आउन दिएको छैन । सन् २०२० जनवरी २२ का दिन...

  • २०७६ फाल्गुण २१, बुधबार

    आठ महिनादेखि अस्पतालमै बन्धक भुजेलको उद्धार

    मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट अस्पतालबाट सोमबार उद्धार गरिएको हो । गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका–१ को इखुवाखोला जलविद्युत् आयोजनामा काम गर्ने मजदुरबीच विवादले उग्ररुप लिई कुटाकुट हुँदा छुट्याउन गएका जीवनलाई एक समूहले टाउको र...

  • २०७६ फाल्गुण २१, बुधबार

    देउडामार्फत पोषण सन्देश

    हिमा गाउँपालिका महिलाले देउडा गीतमार्फत पोषणसम्बन्धी सन्देश दिन थालेका छन् । गाउँपालिकाको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत यहाँका महिलाले यस्तो सन्देश दिन थालेका हुन् । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट, मुगुलगायतका जिल्लामा पोषणयुक्त खाना नखाएर यहाँका बालबालिका र गर्भवती महिला कुपोषित हुने गरेका छन् । पोषणको महत्वबारे जानकारीसँगै स्थानीयस्तरका गाउँघरमा पोषण स्थितिमा सुधार...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोभिड–१९ प्रभाव राष्ट्रिय साहित्य सम्मेलन स्थगित

    गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको जानकारी गराएको हो । ‘भाषा, साहित्य र संस्कृतिको उत्थान स् साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोरोना भाइरसको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह

    निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस कोभिड–१९ को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी,...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ सभापति देउवा

    पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै दाजुभाइ तथा दिदीबहिनीलाई सचेत हुन आग्रह गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “यस रोगको पूर्वसावधानीका लागि भरसक...

  • २०७६ फाल्गुण २१, बुधबार

    छाउपडीविरुद्ध सरकारी अभियान ः आठ हजार बढी छाउगोठ नष्ट

    सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेअनुुसार हालसम्म आठ हजार ६१७ छाउगोठ भत्काइएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा छ हजार ३८२ र कर्णाली प्रदेशमा दुई हजार २३५ छाउगोठ भत्काइएको छ । हालसम्म सबैभन्दा...

  • २०७६ फाल्गुण २१, बुधबार

    पाकिस्तानका समकक्षीबाट स्वास्थ्यलाभको कामना

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश...

  • २०७६ फाल्गुण २१, बुधबार

    सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो

    कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे । नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो सङ्ख्या निकै न्यून...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोरोनाबाट बच्न ‘हात नमिलाउने, नमस्कार गर्ने’

    नोबेल कोरोना भाइरस कोभिड–१९ बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका छन् भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन प्रतिवेदनमा रहेको आज चिकित्सकले जानकारी दिएका छन् । ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सकिने भएकाले विशेष सतर्कता आउन चिकित्सकले...

  • २०७६ फाल्गुण २१, बुधबार

    आपत्तिजनक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा कतिपय सञ्चारमाध्यम (अनलाइन)बाट सम्प्रेषित समाचारप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानकर्षण गरेको छ । प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । ओलीको मिर्गौला प्रत्यारोपण विषयमा केही अनलाइनहरुमा देखिएका आपत्तिजनक समाचारप्रति खेद जनाउँदै प्रेस काउन्सिल नेपालले एक ध्यानकर्षण पत्र जारी गरेको छ ।...

Pages