राष्ट्रिय
-
२०७६ फाल्गुण २१, बुधबार
कोरोना भाइरसको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह
निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस कोभिड–१९ को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी,...
-
२०७६ फाल्गुण २०, मंगलबार
धार्मिक पर्यटकीय क्षेत्र मणिकाधाम मेलामा आउने श्रद्धालुलाई कोरोना भाइरसबारे सचेत पारिँदै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम क्षेत्रमा लाग्ने मेलालाई मध्यनजर गर्दै कोरोना भाइरसबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाइएको छ । बुधबार लाग्ने मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित गरी वडा कार्यालयले कोरोना भाइरसबारे सेचत पार्न थालेको हो । मेलामा आउने श्रद्धालुलाई मास्कको प्रयोग गर्न, हात नमिलाउन र टाढैबाट नमस्कार गर्नका लागि सन्देश प्रवाह गर्ने कार्य अगाडि बढाइएको वडाध्यक्ष...
-
२०७६ फाल्गुण २०, मंगलबार
काठमाडौँ धुलोमुक्त भएन भित्री सडकमा ब्रुमर लगाउन समस्या
भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहँुदा काठमाडौँ महानगरपालिका कामपालाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ । विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात बु्रमर सञ्चालन गर्दै आएको छ । त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सहायक सडमा खाल्डा पुर्ने काम...
-
२०७६ फाल्गुण २०, मंगलबार
हिमालयले भित्र्यायो नयाँ जहाज
नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ । सो एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो । क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा...
-
२०७६ फाल्गुण २०, मंगलबार
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘प्रि–मनसुन’ शुरु भएकाले स्थानीय वायुको प्रभाव परेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “अङ्ग्रेजी महिना मार्चदेखि शुरु हने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख...
-
२०७६ फाल्गुण २०, मंगलबार
पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु
तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो । झापाको मेचीनगर–१३ दुहागढी घर...
-
२०७६ फाल्गुण २०, मंगलबार
प्रधानमन्त्रीको आत्मबलको प्रशंसाः सफल प्रत्यारोपणको कामना
“नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा १ हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना।।।।” यु–टेक इञ्जिनीयरिङ कलेजका सागर पाठकले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका...
-
२०७६ फाल्गुण २०, मंगलबार
वसन्तपुरमा चीर ठड्याइयो फागु शुरु
ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले जानकारी दिनुभयो । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु...
-
२०७६ फाल्गुण २०, मंगलबार
अतिक्रमितले नै खुशीका साथ फिर्ता गरे सरकारी जग्गा
गौशालाका सन्तलाल साह गौचरन मिचिएकोमा चिन्तित हुनुहुन्थ्यो । आँखै अगाडि तीन सयभन्दा बढी गाईका बथान देखेका ७० वर्षीय साहले अतिक्रमणमा परेको यहाँको जग्गा फिर्ता होला भन्ने आश मारिसक्नुभएको थियो । उहाँले भन्नुभयो, “पहिला गौशालामा गाईका बथानले भरिभराउ हुन्थे, विस्तारै अतिक्रमणको चपेटामा प¥यो । पहिला जस्तो अहिले गाई पनि छैनन् । करिब डेढ सय गाई थिए । ती पनि अर्को स्थानतिर लगिएको छ ।” यहाँका जग्गा...
-
२०७६ फाल्गुण २०, मंगलबार
थरुहटको फागुन २० र २१ गते आमहड्ताल
काठमाडौं– पहिचानविरोधी प्रदेश नामाङ्करण र पहिचानसहित १०+१ प्रदेशलगायतका १४ बुँदे माग राखी थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुईदिने आमहड्तालको घोषणा गरेको छ । आमहड्तालको पूर्वसन्ध्यामा थरुहट तराई क्षेत्रमा मोर्चाले मसाल जुलुस पनि प्रदर्शन गरेको थियो । आफ्ना माग तथा आमहड्तालको कार्यक्रम सार्वजनिक गरी थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको हस्ताक्षरसहित एक विज्ञप्ति...
-
२०७६ फाल्गुण २०, मंगलबार
बुद्धले बनाए ‘गौतम बुद्ध’
नाम बुद्ध चौधरी, घर लुम्बिनी । उमेर ४० वर्ष, मूर्तिकलामा २५ वर्षदेखिको अनुभव । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा १०५ मूर्तिकारमा छानिएर १० विदेशीसहित १५ नेपालीमध्येका एक मूर्तिकार हुन् बुद्ध चौधरी । बुद्ध चौधरीको नाम र भगवान् गौतमबुद्धको सामिप्यता चौधरीको जन्मदेखि नै भयो । लुम्बिनीमा जन्मेका चौधरी सानैदेखि मूर्तिकलामा पोख्त हुनुहुन्थ्यो ।...
-
२०७६ फाल्गुण २०, मंगलबार
उपभोक्ता समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने
विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका तीन ठेकेदार थेगिस, पेरा र तुलसी कन्स्ट्रक्सन जेभीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि मन्दिर पुनःनिर्माणका लागि ठ्याक्कै हात झिकिसकेको छ । श्रीलङ्का सरकारले हात झिकेको...


