राष्ट्रिय
-
२०७६ फाल्गुण १९, सोमबार
कमलदह नजिकै मृग फेला
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग रतुवा फेला परेको छ । डिभिजन वनकार्यालय रुकुम पूर्वका डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको दारे भाले मृग दहतीर घुम्न निस्किएको वेलामा आइतबार फेला पारेको हो । नेपाली सेनाको सहयोगमा मृगलाई नियन्त्रण लिएको डिभिजनल वन अधिकृत सुवेदीले बताउनुभयो । मानिसलाई देखेर अताल्लिएर भाग्न खोजेपछि तारको जालीमा ठोक्किएर मृगको मुखमा चोट...
-
२०७६ फाल्गुण १९, सोमबार
राईलाई राष्ट्रिय विभूति घोषणाको पहल
विसं २००७ को क्रान्तिका योद्धा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल अघि बढेको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठानले लामो समयदेखि सो माग गर्दै आएकामा रार्ईको १११ औँ जन्मयजन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले निरङ्कुश राणा शासनविरुद्धको क्रान्तिमा मुक्तिसेनाको अगुवाइ गरी देशलाई उज्यालो बनाउन चाहने उज्यालोकर्ता राईलाई सरकारबाट...
-
२०७६ फाल्गुण १९, सोमबार
सिसी क्यामराको निगरानीमा आँबुखैरेनी
गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सिसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो । आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सिसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२...
-
२०७६ फाल्गुण १९, सोमबार
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदै
आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा एसइई मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले राससलाई जानकारी दिनुभयो । “साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८९६ र प्राविधिक धारतर्फ ५६८ परीक्षार्थी छन्”, राससँगको...
-
२०७६ फाल्गुण १९, सोमबार
पाटन दरबार क्षेत्रमा युवा मेला
युवा उद्यमशीलता प्रर्वद्धन गर्न पाटन दरबार क्षेत्रमा मेलाको आयोजना गरिएको छ । ललितपुर महानगरपालिका– १६, मिखा कन्सलटिङ प्रा। लि र यल वयेर्सले संयुक्त रुपमा सो मेला आयोजना गरेको हो । लोकल मेड इन नेपाल नाम दिएर आयोजना गरिएको सो मेलामा युवावर्गले उत्पादन गरेका विविध सामग्रीहरुको ३० वटा स्टल राखिएको थियो । ती सामग्रीहरुमा लत्ता कपडा ,श्रृंगार सामग्री, सज्जावटका सामाग्री लगायत रहेका छन् । युवावर्गलाई...
-
२०७६ फाल्गुण १८, आइतबार
यात्रीलाई ध्रुवकुण्डमा इस्लामधर्मावलम्बीको बिदाइ
इस्लाम धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई ध्रुवकुण्डबाट बिदाइ गरेका छन् । यहाँको बलवा नगरपालिका–१० धमौरास्थित ध्रुवकुण्ड बसेका सातौँ दिनका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राका लागि आज बिहान हार्दिक बिदाइ गरेका हुन् । इस्लाम धर्मावलम्बीको सघन बसोबास रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड अवस्थित छ । सत्ययुगमा राजकुमार ध्रुव पछि राजाले सो...
-
२०७६ फाल्गुण १८, आइतबार
तुइनमा तारेको इन्धनले उपभोक्ताको ढाड सेकिँदै
डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । अहिले ती जीप जाजरकोट–डोल्पा सडकखण्डमा निर्वाध रुपमा सडकमा गुडिरहेकाछन् । यातायातका साधन तुइनमा तारे पनि यस सडकखण्डमा इन्धनको डिपो नहुँदा दैनिक तुइनबाटै इन्धन भरिएका ड्रमहरु ओसारिँदै आइएको छ । सल्यानको सल्लीबजारमा मात्र रहेको इन्धनको डिपो जाजरकोट सदरमुकाममा...
-
२०७६ फाल्गुण १८, आइतबार
पुस्तकमा गरिएको मूल्यवृद्धिको नेविसङ्घद्वारा विरोध
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज देशभर विरोध गरेका हुन् । नेविसङ्घले उपत्यकाका...
-
२०७६ फाल्गुण १८, आइतबार
प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि मिर्गौला प्रत्यारोपण गरिने
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी...
-
२०७६ फाल्गुण १८, आइतबार
कोरोना कहर देशकै ठूलो सवस्टेशन निर्माण प्रभावित
नोबल १९ कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सवस्टेशन निर्माणमा समेत समस्या पैदा भएको छ । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापार गर्ने लक्ष्यका साथ धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको ढल्केबर सवस्टेशनको काम प्रभावित भएको छ । ‘ग्यास इन्सुलेटेड सवस्टेशन जिआईएस’का उपकरणको सञ्चालन...
-
२०७६ फाल्गुण १८, आइतबार
यस वर्षको प्रिमनसुन शुरु
यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । “जाडो महिना सकिए लगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–...
-
२०७६ फाल्गुण १८, आइतबार
महिलामाथि लठ्ठी हिर्काउने इन्स्पेक्टर जिम्मेवारीमुक्त
काठमाडौं– भीड नियन्त्रणको क्रममा बच्चा बोकेकी महिलालाई लठ्ठीले हिर्काउने प्रहरी निरीक्षक इन्स्पेक्टर देवीप्रसाद पौडेल जिम्मेवारीमुक्त भएका छन् । बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई पौडेलले लठ्ठीले हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यसै भिडियोलाई आधार बनाएर पौडेललाई जिम्मेवारीमुक्त गरिएको थियो । महानगरी प्रहरी प्रभाग भैंसेपाटीको नेतृत्वले पौडेललाई निकालेपछि नयाँ इन्स्पेक्टर पठाएको...


