राष्ट्रिय
-
२०७६ फाल्गुण २०, मंगलबार
विद्यालयमा वार्षिक उत्सव, भेला नगर्न मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको वार्षिक उत्सव, सभा, अभिभावक भेला नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र सन्त्रास फैलिएकोले आवश्यक सतर्कता अपनाउनका लागि भेला नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । मन्त्रालयमा आज नेपाल शिक्षक महासङ्घ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहितको बैठकले सार्वजनिक ठाउँमा कोरोना भाइरस...
-
२०७६ फाल्गुण २०, मंगलबार
फोहर व्यवस्थापनमा एकरूपता कायम गराउन निर्देशिका सार्वजनिक
फोहर सङ्कलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरुले स्वनियम पालनासम्बन्धी ‘कार्यसञ्चालन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी निर्देशिका–२०७६’ सार्वजनिक गरेका छन् । फोहरमैला व्यवस्थापन सङ्घले सोमबार आयोजना गरेको ‘कार्य एकरूपता, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी मापदण्ड सार्वजनिकीकरण र अभिमुखीकरण कार्यक्रम’मा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यस व्यवस्थासम्बन्धी पुस्तिका...
-
२०७६ फाल्गुण २०, मंगलबार
निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी
प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो । प्रदेशसभा सचिवालयका अनुसार नाम र राजधानीको टुङ्गो लगाउन यही फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानीबारे टुङ्गो लगाउने...
-
२०७६ फाल्गुण २०, मंगलबार
चैते धान रोप्ने तयारी गर्दै किसान
यतिबेला भजनी क्षेत्रका किसानलाई चैते धानको ब्याड राख्ने चटारोले छोएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिका–३, ५, ७ र ८ का किसानले चैते धानबाट जीविकोपार्जन गर्दै आइरहेका छन् । वर्षातको समयमा काँढा, कन्द्रा, पथरैया, मोहना नदीमा आउने बाढी र डुबानले लगाएको धान बगाउने र डुबाउने हुँदा किसानले असोज–कात्तिकमा कमै मात्रामा धान भित्र्याउन पाउँछन् । डुबान क्षेत्रमा हिउँदे बालीका रूपमा...
-
२०७६ फाल्गुण २०, मंगलबार
कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ । लमजुङ बेँसीशहर हँुदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ । पर्यटनकै भरमा रहेका पर्यटन...
-
२०७६ फाल्गुण २०, मंगलबार
स्थानीय तहका आफ्नै प्रहरी
गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले गत चैत १ गतेबाट दुई महिला र तीन पुरुष गरी पाँच नगरप्रहरी नियुक्त गरेको थियो । तीमध्ये एक जनालाई प्रहरी सहायक निरीक्षकको दर्जा दिइएको छ ।...
-
२०७६ फाल्गुण २०, मंगलबार
धार्मिक पर्यटकीय क्षेत्र मणिकाधाम मेलामा आउने श्रद्धालुलाई कोरोना भाइरसबारे सचेत पारिँदै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम क्षेत्रमा लाग्ने मेलालाई मध्यनजर गर्दै कोरोना भाइरसबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाइएको छ । बुधबार लाग्ने मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित गरी वडा कार्यालयले कोरोना भाइरसबारे सेचत पार्न थालेको हो । मेलामा आउने श्रद्धालुलाई मास्कको प्रयोग गर्न, हात नमिलाउन र टाढैबाट नमस्कार गर्नका लागि सन्देश प्रवाह गर्ने कार्य अगाडि बढाइएको वडाध्यक्ष...
-
२०७६ फाल्गुण २०, मंगलबार
काठमाडौँ धुलोमुक्त भएन भित्री सडकमा ब्रुमर लगाउन समस्या
भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहँुदा काठमाडौँ महानगरपालिका कामपालाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ । विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात बु्रमर सञ्चालन गर्दै आएको छ । त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सहायक सडमा खाल्डा पुर्ने काम...
-
२०७६ फाल्गुण २०, मंगलबार
हिमालयले भित्र्यायो नयाँ जहाज
नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ । सो एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो । क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा...
-
२०७६ फाल्गुण २०, मंगलबार
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘प्रि–मनसुन’ शुरु भएकाले स्थानीय वायुको प्रभाव परेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “अङ्ग्रेजी महिना मार्चदेखि शुरु हने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख...
-
२०७६ फाल्गुण २०, मंगलबार
पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु
तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो । झापाको मेचीनगर–१३ दुहागढी घर...
-
२०७६ फाल्गुण २०, मंगलबार
प्रधानमन्त्रीको आत्मबलको प्रशंसाः सफल प्रत्यारोपणको कामना
“नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा १ हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना।।।।” यु–टेक इञ्जिनीयरिङ कलेजका सागर पाठकले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका...


