STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देउडामार्फत पोषण सन्देश

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार

हिमा गाउँपालिका महिलाले देउडा गीतमार्फत पोषणसम्बन्धी सन्देश दिन थालेका छन् । गाउँपालिकाको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत यहाँका महिलाले यस्तो सन्देश दिन थालेका हुन् । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट, मुगुलगायतका जिल्लामा पोषणयुक्त खाना नखाएर यहाँका बालबालिका र गर्भवती महिला कुपोषित हुने गरेका छन् । पोषणको महत्वबारे जानकारीसँगै स्थानीयस्तरका गाउँघरमा पोषण स्थितिमा सुधार ल्याउनका लागि यस्तो सन्देशमूलक देउडा गीतमार्फत सन्देश दिन खोजिएको हो । विभिन्न रोगबाट बचाउन बच्चालाई खोप लगाउनुपर्ने र केही बिरामी भएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचारका लागि लैजानुपर्ने महिलाले देउडा गीतमार्फत सन्देश दिएको स्थानीयवासी रानीपुरा शाहीले बताउनुभयो । गर्भवती महिलाले नियमित स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने र आमा–बच्चाको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य संस्थामै गर्भवती महिलाले सुत्केरी हुनुपर्ने पनि सन्देश दिएको थियो । स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्ने र सुत्केरी हुने महिलालाई प्रोत्साहनस्वरुप रु तीन हजार ८०० पनि प्राप्त हुने सन्देश देउडामार्फत दिएको उहाँले बताउनुभयो । नवजात शिशु तथा गर्भवती महिलाको पोषण स्थिति कमजोर भएका कारण कुपोषित छन् । बजारको जङ्कफुड ९पत्रु खाना० बच्चालाई नखुवाउने, स्थानीयस्तरमै उत्पादन भएको गेडागुडी, हरियो सागपात, अण्डा तथा माछामासु खुवाएर पोषण अवस्थामा सुधार आउने यहाँका महिलाले देउडा गीतमार्फत सन्देश दिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । बच्चा जन्मेको छ महिनासम्म आमाको दूधबाहेक अरु खुवाउनु हँुदैन, छ महिनापछि अन्य खाद्यवस्तु खुवाउन शुरु गर्नेसमेत देउडा गीतमार्फत सन्देश दिएको उहाँले बताउनुभयो । एउटा सानो शिशुको वृद्धि राम्रो हुनुपर्छ र उसको वजन बढ्दै जानु पर्छ । जन्मेदेखि दुई वर्षसम्म शिशुको वजन प्रत्येक महिना बढ्नुपर्छ । यदि कुनै शिशुको वजन दुई महिनासम्म बढेन भने केही न केही अवश्य समस्या भएको हुनुपर्छ । नियमित वजन बढ्दै रहनु शिशुको वृद्धि र विकास राम्रो भएको महत्वपूर्ण सङ्केत हो । कुनै शिशुको दुई महिनासम्म वजन बढ्दैन भने उसलाई पौष्टिक खानको कमी भएको हुनसक्ने भएकाले बच्चालाई पोषणयुक्त खानाको आवश्यक भएको अभिभावकले बुझ्नुपर्ने स्वास्थ्यकर्मी मेनका देवकोटाले बताउनुभयो ।
Categorized in राष्ट्रिय