कमलदह नजिकै मृग फेला
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १९, सोमबार
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग रतुवा फेला परेको छ ।
डिभिजन वनकार्यालय रुकुम पूर्वका डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको दारे भाले मृग दहतीर घुम्न निस्किएको वेलामा आइतबार फेला पारेको हो । नेपाली सेनाको सहयोगमा मृगलाई नियन्त्रण लिएको डिभिजनल वन अधिकृत सुवेदीले बताउनुभयो ।
मानिसलाई देखेर अताल्लिएर भाग्न खोजेपछि तारको जालीमा ठोक्किएर मृगको मुखमा चोट लागेको सहायक वन अधिकृत सुजन राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मृगको उपचार भइरहेको र वन कार्यालयमा सुरक्षित राखिएको छ । मृगलाई आज वनमा लगेर छोडिने पनि उहाँले जानकारी दिनुभयो ।
पछिल्लो चरणमा मृग बजारतिर झरिरहेका छन् । गएको महिना पनि वन कार्यालय बसेको घरकै रेलिङमा अल्झिएको अवस्थामा मृग फेला परेको थियो । जङ्गलमा मान्छेको चहलपहल, खानाको अभाव, पानीका मुहान सुक्दै जानुका कारण जङ्गली जनावर बस्तितिर झर्न थालेका हुन् ।
Categorized in राष्ट्रिय