राष्ट्रिय
-
२०७६ फाल्गुण १५, बिहिबार
आजदेखि मौसम सुधार हुने
पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन”, उहाँले भन्नुभयो । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुला भई घाम लाग्ने बताइएको छ । राति देशका मध्य तथा पश्चिमी...
-
२०७६ फाल्गुण १५, बिहिबार
दाङमा बौद्धधर्मसम्बन्धित सामग्री प्रदर्शन
काठमाडौं– दाङको बेल्झुण्डीमा ‘प्रदेश एक्स्पो २०७६’ सम्पन्न भएको छ । प्रदर्शनीमा अक्षयश्वर महाविहारले पनि सहभागिता जनाएको थियो । महाविहारको संयोजनमा पञ्चबुद्ध र श्रीयन्त्र मण्डला प्रदर्शनीमा राखिएको थियो । यसका साथै प्रदर्शनीमा लुम्बिनी सम्बन्धी फोटो, पौभा, परम्परागत सामग्री, सजावटका सामग्री, प्रस्तर ढुङ्गाका मूर्ति, चर्यानृत्य, पानी शुद्धिकरण एवं कचहरी नाटक प्रदर्शनी भएको थियो । प्रदेश नं ५...
-
२०७६ फाल्गुण १५, बिहिबार
सुर्खेतका सडक धमाधम निर्माण हुँदै
कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि बढाएको हो । वीरेन्द्रनगरभित्रका सडक गर्मीमा धुलाम्य तथा वर्षात्मा हिलाम्य हुने र बिग्रँदा भत्कँदा पनि सरकारले ध्यान नदिएको भन्दै वर्षे अधिवेशनमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण...
-
२०७६ फाल्गुण १५, बिहिबार
मिथिला संस्कृति अध्ययन केन्द्र बन्दै
मिथिलास्थित सबै समुदायको धरोहरसहितको ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माणको थालनी गरिएको छ । सोका लागि समस्त देवीदेवताको लघुचित्रसहितको देवलोक एवं मिथिलाको पहिचान, संस्कृति झल्किने भवनको नक्सा तयार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माणको शिलान्याससमेत भइसकेको सो केन्द्रको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने योजना रहेको छ । मैथिल ब्राह्मण महासभाद्वारा निर्माण भइरहेको सो...
-
२०७६ फाल्गुण १४, बुधबार
पुनःनिर्माणमा ऋण दिन बैंक तयार
सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरु पुनःनिर्माणअन्तर्गत रु तीन लाख ऋण भूकम्पपीडित नागरिकलाई दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको बैंक तथा सरोकारवालासँगको छलफलमा उपस्थित बैंकहरुले कार्यविधिमा उल्लेख भएबमोजिम पहिलो किस्ता लिएका तर दोस्रो किस्ता नलिएका लाभग्राहीलाई बैंकमार्फत रु तीन लाख ऋण उपलब्ध...
-
२०७६ फाल्गुण १४, बुधबार
जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तक
जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई वितरण गरेका हुन् । गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको जिम्मा दिएको थियो । विद्यालयले विद्यार्थीको सही विवरण पठाएअनुसार किताब खरिद गरेकाले यहाँका विद्यार्थीलाई खाली हात कक्षामा...
-
२०७६ फाल्गुण १४, बुधबार
बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी
सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु ३५ करोड भुक्तानी गरिसकेको छ । उद्योगले हरेक १५÷१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा रु २३ करोड र दोस्रोमा रु ३५ करोड गरी कूल ५८ करोड भुक्तानी दिनुपर्नेमा...
-
२०७६ फाल्गुण १४, बुधबार
सरकारको खट्टा तान्ने प्रचलन अन्त्य भएको छ मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा मङ्गलबार उहाँले यो युग हाम्रो युग भएको बताउनुभयो । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका मुख्यमन्त्री राईले देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको बताउनुभयो । “यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक...
-
२०७६ फाल्गुण १४, बुधबार
राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा
राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउनुहुने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको...
-
२०७६ फाल्गुण १४, बुधबार
‘सिद्धबैजनाथ’ टू ‘मानसरोवर’
कञ्चनपुर जिल्ला धार्मिक दृष्टिले सिद्धबैजनाथको भूमिका रूपमा चिनिन्छ । यहाँका सबैजसो स्थानीय तहमा सिद्धबैजनाथ बाबाको मठमन्दिर छरिएर रहे पनि प्राचीन सिद्धनाथ बाबाको मन्दिर भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा रहेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म करिब ४२५ किलोमिटर महाकाली करिडोरको सडक निर्माणाधीन अवस्थामा छ । भारतदेखि चीनसम्म जोडिने नाका भएकाले यसलाई व्यापारिक मार्गका रूपमा...
-
२०७६ फाल्गुण १४, बुधबार
क्यान इन्फोटेकमा सूचना प्रविधि सङ्ग्रहालय पुरानो र नयाँ प्रविधि एकै ठाउँमा
कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ । विशेषगरी नेपालमा प्रविधिको विकास कहिले भयो र कुन–कुन समयमा यसको विकास हुँदै गयो भन्ने जानकारीसहित राखिएका पुराना प्रविधिले अवलोकनकर्ताको ध्यानाकर्षण गराएको हो । सङ्ग्रहालयका संयोजक एवं क्यान सदस्य पुरुषोत्तम कुँवरले पुराना र...
-
२०७६ फाल्गुण १४, बुधबार
मगर दिवसमा सार्वजनिक बिदा
तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था,...


