राष्ट्रिय
-
२०७६ फाल्गुण १४, बुधबार
मुढेमा हिल स्टेशन निर्माण गरिने
सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले वाग्मती प्रदेश सरकारको रु आठ करोड ८५ लाख अनुदान सहयोगमा निर्माण गर्न लागेको हो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाको अध्यक्ष कमल...
-
२०७६ फाल्गुण १४, बुधबार
पाथरखोलामा २० भेडा मरेसके उपचार गर्न जनशक्ति छैन
हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । “भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे। ” कृषक अधिकारीले भन्नुभयो । अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणमा कुनै पहल भएको छैन । “जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २०...
-
२०७६ फाल्गुण १४, बुधबार
गोकुलप्रसाद बाँस्कोटाको अडियो छानबिन गर्न माग सांसदको माग
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गर्नुभयो । सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिनुभयो । सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सिमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकषर्ण गराउनुभयो । सांसद...
-
२०७६ फाल्गुण १४, बुधबार
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने छ”, उहाँले...
-
२०७६ फाल्गुण १४, बुधबार
हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित
म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ । गुर्जामा एक फिट हिउँ जमेको...
-
२०७६ फाल्गुण १४, बुधबार
पुनःनिर्माणमा ऋण दिन बैंक तयार
सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरु पुनःनिर्माणअन्तर्गत रु तीन लाख ऋण भूकम्पपीडित नागरिकलाई दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको बैंक तथा सरोकारवालासँगको छलफलमा उपस्थित बैंकहरुले कार्यविधिमा उल्लेख भएबमोजिम पहिलो किस्ता लिएका तर दोस्रो किस्ता नलिएका लाभग्राहीलाई बैंकमार्फत रु तीन लाख ऋण उपलब्ध...
-
२०७६ फाल्गुण १४, बुधबार
जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तक
जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई वितरण गरेका हुन् । गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको जिम्मा दिएको थियो । विद्यालयले विद्यार्थीको सही विवरण पठाएअनुसार किताब खरिद गरेकाले यहाँका विद्यार्थीलाई खाली हात कक्षामा...
-
२०७६ फाल्गुण १३, मंगलबार
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो । उहाँका अनुसार प्रि–मनसुनको...
-
२०७६ फाल्गुण १३, मंगलबार
ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन र तीन नेवाः मिडियालाई सम्मान गरिने
नेपालका तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी तथा समाजसेवी कृष्णा...
-
२०७६ फाल्गुण १३, मंगलबार
दैलेख कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या
जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद डिप्रेसनको समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको बताउनुभयो । दैलेख जिल्ला कारागारमा बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका छन् । कैद भुक्तान भइसकेपछि श्रीमान्सँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका...
-
२०७६ फाल्गुण १३, मंगलबार
जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटी जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उहाँले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताउनुभएको हो । नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उहाँले करारमा...
-
२०७६ फाल्गुण १३, मंगलबार
‘माथ में मोटरी जय सीयाराम’
आज मङ्गलबार मिथिला माध्यमिकी परिक्रमाको तेस्रो दिन । भारतको मधुवनी जिल्लाको कल्याणेश्वर कलना बाट परिक्रमा यात्रीको ताँती गिरिजास्थान फुलहर सम्मै अटुट देखिँदोछ । “जय जानकीजी, जय सीयाराम ” मैथिल जनबोलीमा सीताजीलाई सीयाजी भन्ने गरिएको छ । मान्छे नै मान्छे अर्थात् सडक पूरै ढाकेर धार्मिक यात्रामा निस्केका हजारौँ श्रद्धालु यात्रीको एउटै बोली, एउटै लय, “जय सीयाराम ” फागुन औँशीका दिन शुरु भएर लगातार १५...


