STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण ११, आइतबार

    प्रधानमन्त्री ओली अद्वितीय क्षमताका व्यक्तित्व मुख्यमन्त्री पौडेल

    प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व हुनुभएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । प्रधानमन्त्री ओलीको ६९औँ जन्मोत्सवको सुअवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “निडर, निश्चल, अडिग अनि जस्तोसुकै परिस्थितिमा पनि...

  • २०७६ फाल्गुण ११, आइतबार

    ठूलादुर्लुङ मेला फागुन १५ मा

    महाँकाल गाउँपालिका वडा नं ६ मा यही फागुन १५ र १६ गते ठूलादुर्लुङ मेला आयोजना हुने भएको छ । यहाँको कला, संस्कृति, कृषि, पर्यटन विकास र विस्तारका लागि मेला आयोजना गर्न लागिएको वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँको कृषि र कला संस्कृति प्रदर्शनी, स्वास्थ्य शिविर, शैक्षिक मेला र बृहत सांस्कृतिक कार्यक्रम मेलामा हुनेछ ।” पहिलो दिन...

  • २०७६ फाल्गुण ११, आइतबार

    परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उहाँले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई...

  • २०७६ फाल्गुण ११, आइतबार

    शान्ति सुरक्षाको अवस्था सुदृढ छ गृहमन्त्री थापा

    गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउनुभएको छ । गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उहाँले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ भन्नुभयो । मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको...

  • २०७६ फाल्गुण ११, आइतबार

    सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी

    उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नैै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको प्रत्यक्ष सिकार बन्ने गरेका छन् । निर्माण शुरु भएको लामो बितिसक्दा यस सडकखण्डले अझै सम्पन्नता पाउन सकेको छैन ।...

  • २०७६ फाल्गुण ११, आइतबार

    मगर एकता दिवस फागुन मनाइने

    काठमाडौं । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बुटवलमा ३८ औं मगर एकता दिवस साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । मगर समुदायले फागुन १५ लाई मगर एकता दिवसको रूपमा मनाउँदै आएको छ । दिवसकै अवसर पारेर समितिले शुक्रबार बुटवलमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । त्यस्तै शनिबार बुटवल सुख्खानगरस्थित संघका कार्यालयमा रक्तदान कार्यक्रम राखिएको छ । यसैगरी फागुन ११ गते भोजनदान राखिएको छ । अन्तर्राष्ट्रिय...

  • २०७६ फाल्गुण ११, आइतबार

    बिपीको पूर्णकदको शालिक निर्माण

    झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको शलिक निर्माण गरिएको छ । कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालिक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । पाँच फिट छ इञ्च अग्लो शालिकको कलाकार हिम्मत नेम्बाङले निर्माण गर्नुभएको हो । विसं २०४८ देखि खाली रहेको जमिनमा स्थानीय काँग्रेसका नेता कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार...

  • २०७६ फाल्गुण ११, आइतबार

    सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह

    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । अर्थमन्त्रीसमेत रहनुभएका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक,...

  • २०७६ फाल्गुण १०, शनिबार

    पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने

    दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक÷दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ । तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि...

  • २०७६ फाल्गुण १०, शनिबार

    पशुपतिको फोहर सफाइ शुरु

    महाविशरात्रिका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ अभियान शुरु गरिएको छ । महाशिवरात्रि सकिएलगत्तै वाग्मती सफाइ महाअभियानको ३५४औँ हप्ताको सफाइका क्रममा पशुपतिनाथ मन्दिरअघिको राममन्दिर क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १४ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको...

  • २०७६ फाल्गुण १०, शनिबार

    देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ अध्यक्ष थापा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।” देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न...

  • २०७६ फाल्गुण १०, शनिबार

    गल्ती गर्ने छुट कसैलाई छैन ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पार्नुभएको हो । “सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने...

Pages