STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विशालबजार एवं ठूला कम्प्लेक्स बन्द

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ९, आइतबार

काठमाडौं– कोरोना भाइरसको सन्त्रास राजधानीमा डरलाग्दो गरी देखिएको छ । सरकारले आइतबार (चैत ९) देखि लागु हुनेगरी अत्यावश्यकबाहेक अरु सबै सेवा बन्द गर्ने निर्णय गरेसँगै काठमाडौं सुनसान बनेको छ । लाखौं मानिसहरुले काठमाडौं छोडिसकेका छन् । बजारहरु स्वतःस्फूर्त बन्द भएका छन् । काठमाडौं न्युरोडस्थित विशालबजार पनि आजबाट चैत २२ गतेसम्मको लागि बन्द गरिएको छ । विशाल बजार व्यापार संघले एउटा सुचना सार्वजनिक गरी कोरोना भाइरसको संक्रमणको आशंकामा बजार बन्द गर्नुपरेको उल्लेख गरेको छ । यसैगरी काठमाडौंको अति व्यस्त बजार असन, मछिन्द्रबहाल, ईन्द्रचोक, भोटाहिटी, महाबौद्ध क्षेत्रका पसलहरु पनि स्वतःस्फूर्त बन्द भएका छन् । काठमाडौंका ठूल्ठूला कम्प्लेक्स, डिपार्टमेन्ट स्टोर तथा मलहरु पनि केही समयका लागि बन्द भएका छन् ।
Categorized in राष्ट्रिय