STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ आश्विन १६, बिहिबार

    भारत–अफ्रिका टेस्टः मयन्क र शर्माको शतक

    भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेटमा भारतीय प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवालले शतक प्रहार गरेका छन् । बुधबार शुरु भएको तर वर्षाले प्रभावित यस टेस्टमा अफ्रिकी बलरमाथि दुबै प्रारम्भिक ब्याट्सम्यान हाबी भएका छन् । वर्षाका कारण बुधबार तेस्रो सत्र खेल हुन सकेको थिएन । बुधबारको खेलमा भारतले बिना क्षति २०२ रन बनाएको थियो । पाँचौं टेस्ट खेल्दै गरेका मयन्क अग्रवालको यो व्यक्तिगत पहिले शतक...

  • २०७६ आश्विन १६, बिहिबार

    लिगलिगे दौड जिते चौथो पटक अनिषले

    दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिनुभएको छ । गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३।८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथो पटक सो उपाधि जित्न सफल हुनुभएको हो । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित हुनुभएको हो । प्रथम थापामगरलाई एक वर्षका लागि पालुङटार...

  • २०७६ आश्विन १६, बिहिबार

    साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व

      प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरु बनेका छन् । खेलप्रतिको लगाव र रुचिसँगै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका रुपमा उदाउँदै आगामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० मा प्रतिनिधित्व गर्दैछन् । आगामी मङ्सिरमा नेपालमा हुने १३औँ सागमा कुस्तीतर्फ भीमदत्तनगरका महिला खेलाडीको...

  • २०७६ आश्विन १५, बुधबार

    नेपाल र सिङ्गापुर भिड्ने

    सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज साँझ घरेलु टोली सिङ्गापुरसँग खेल्दैछ । सिङ्गापुरस्थित इण्डियन एशोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ सिङ्गापुरविरुद्ध मैदानमा उत्रदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त प्रतियोगिताको फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि...

  • २०७६ आश्विन १५, बुधबार

    विश्व मिलिटरी खेलकूद प्रतियोगिता प्रतिस्पर्धा गर्दै

    चीनको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता सिआइएसएम मा नेपाली सेनाले भाग लिने भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो । ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहने छ ।...

  • २०७६ आश्विन १४, मंगलबार

    सैनामैनामा कभर्डहल निर्माण

    रुपन्देहीको सैनामैना नगरपालिकामा रु एक करोड एक लाख ६० हजारको लागतमा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ । नगरपालिकाको रु ७६ लाख ६० हजार, जिल्ला समन्वय समितिको रु १० लाख, खेलकूद विकास समितिको रु १० लाख र सैनामैना ब्याडमिन्टन क्लबले रु पाँच लाख लगानी गरेको नगरपालिकाले जनाएको छ । विसं २०७२ देखि पर्रोहा ब्याडमिन्टन क्लबले कभर्डहल निर्माणका लागि पहल गरेर काम शुरु गरेको बताइएको छ । कभर्डहलको सोमबार...

  • २०७६ आश्विन १४, मंगलबार

    विश्वकप छनोट खेलको लागि खेलाडी छनोट

    सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । त्यस्तै डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश...

  • २०७६ आश्विन १३, सोमबार

    टेबलटेनिस खेलाडी छनोट

    नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद सागका लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो । छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनिल महर्जन रहेका छन् । महिलातर्फ...

  • २०७६ आश्विन १२, आइतबार

    कोलम्यानले जिते १०० मिटरको स्वर्ण पदक

    कतारको दोहामा जारी विश्व एथ्लेटिक्स स्पर्धामा अमेरिकी धावक क्रिस्टियन कोलम्यानले १०० मिटर दौडको स्वर्णपदक जितेका छन् । जमैकाका विश्वप्रसिद्ध १०० मिटर धावक उसेन बोल्टलाई पछ्याउँदै कोलम्यानले उपाधि जितेका हुन् । बोल्टले यस खेलबाट सन्यास लिइसकेका छन् । यसै महिनाको शुरुमा डोपिङ काण्डमा मुछिएका यी २३ वर्षीय अमेरिकी धावकले १०० मिटरको दूरी ९।७६ सेकेन्डमा पूरा गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय...

  • २०७६ आश्विन १२, आइतबार

    बास्केटबलको उपाधि बूढानीलकण्ठलाई

    बूढानीलकण्ठ क्लबले पाँचौँ खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र बीएमके को कोर्टमा आज भएको फाइनल खेलमा बूढानीलकण्ठले कीर्तिपुर क्लबलाई ६३–४२ ले पराजित ग¥यो । बूढानीलकण्ठका रुपेश नापितले १९ अङ्क जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले आठ अङ्क जोडे । कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे । उपाधिसँगै बूढानीलकण्ठले रु ४० हजार...

  • २०७६ आश्विन ११, शनिबार

    क्रसकन्ट्री दौडको उपाधि साह र यादवलाई

    जिल्ला एथलेटिक्स सङ्घले आज वीरगन्जमा आयोजना गरेको १० किलोमिटर दूरीको क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधि अनिलकुमार साहले जितेका छन् । दशैंँ, तिहार र छठपर्वका अवसरमा सङ्घले आयोजना गरेको दौड प्रतियोगितालाई वीरगञ्ज महानगपालिका–१० घडिअर्वाका वर्ष १९ का साहले ३७।५६ मिनेटमा पूरा गरेका हुन् । दौड प्रतियोगितामा रौतहटको कटहरीया नगरपालिका– १ भसेडवाका १४ वर्षीय आदेशकुमार यादव दोस्रो र वीरगञ्ज–३ छपकैयाका १८...

  • २०७६ आश्विन १०, शुक्रबार

    सागका लागि समिति गठन

    नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद साग का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव...

Pages