STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ कार्तिक १, शुक्रबार

    महिला क्रिकेट विराटनगरको दोस्रो जीत

    विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग डब्लुसीएल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । यसअघि विराटनगरले पहिलो खेलमा ललितपुर फाल्कोन्सलाई चार विकेटले हराएको थियो । पोखराले दिएको ९५ रनको...

  • २०७६ आश्विन ३०, बिहिबार

    विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

    सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको आज यहाँ झण्डोत्तोलन भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल सिआइएसएम ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन समारोहमा मार्चपास गर्दै सहभागी भएका थिए । समारोहमा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मङ्गोलिया र...

  • २०७६ आश्विन २९, बुधबार

    विकास रनिङ शिल्डको तयारी पूरा

    नारायणगढको क्याम्पाचौरमा भोलि शुक्रबार बाट शुरु हुने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता विकास रनिङ शिल्डको तयारी पूरा भएको छ । आयोजकले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो । यहाँ हुँदै आएका दुई प्रतियोगितालाई संयुक्तरूपमा ‘टुबोर्ग जेसिज विकास रनिङ शिल्ड–२०७६’ नामाकरण गरी आयोजना गर्न लागिएको हो । कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड...

  • २०७६ आश्विन २९, बुधबार

    नेपाल जोर्डनसँग पराजित

    कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । जोर्डनको अम्मान अन्तरराष्ट्रिय रङ्गशालामा गएराति भएको खेलमा जोर्डनसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खायो । जोर्डनको जितमा फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले एक÷एक गोल गरे । खेलको ५६औँ...

  • २०७६ आश्विन २८, मंगलबार

    अन्तरराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता

    पोखरामा यही असोज २९ गते अक्टोबर १६ मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन केएमइएको संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले बताउनुभयो । टिम इभेन्टमा नेपालका...

  • २०७६ आश्विन २८, मंगलबार

    राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताउनुभयो । आइसिसीले विस २०७३ वैशाखमा लगाएको निलम्वन हिजो मात्रै शर्तसहित फुकुवा गरेको...

  • २०७६ आश्विन २६, आइतबार

    क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन साइकल यात्रा

    क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा निकालिएको छ । क्याराभान–थिन्ले पदयात्रा नाम राख्न दबाबस्वरुप १७ जना साइकल यात्रीको टोली डोल्पा आइपुगेको छ । क्याराभानका नायक थिन्ले लेण्डुप लामाको सम्झनास्वरुप सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको सडकमार्गलाई क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन दबाबस्वरुप काठमाडौँदेखि डोल्पासम्म साइकल यात्रा गरिएको हो । अन्तरराष्ट्रिय ओस्कार अवार्डमा...

  • २०७६ आश्विन २४, शुक्रबार

    नेपाली टोली स्वदेश फिर्ता

    नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गर्नुभयो । सिङ्गापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो । त्यस्तै नेपालले सिङ्गापुरलाई एक खेलमा पराजित गरेको थियो भने एक खेल...

  • २०७६ आश्विन २३, बिहिबार

    ४४ वर्षदेखि कुस्ती प्रतियोगिता

    तराई क्षेत्रको संस्कृतिसँग जोडिएको लोपोन्मुख कुस्ती ९दङ्गल० खेलप्रति पछिल्लो समय युवाको मोह बढ्दै गएको छ । विगतमा निकै लोकप्रिय मानिने यो खेलप्रति युवाकै चासो नहुनु तथा नयाँनयाँ खेलका कारण यसप्रतिको मोह घटेको थियो । कुस्ती भनेपछि अहिले जो कोही पनि हुरुक्कै हुने गर्दछन् । दशैँ, तिहारजस्ता चाडपर्वमा तराईमा लाग्ने मेलापर्व र महोत्सवमा कुस्ती नै प्रमुख आकर्षणका रुपमा रहने गरेको छ । विभिन्न...

  • २०७६ आश्विन २१, मंगलबार

    खेवाङ गोलकपको उपाधि लालिगुराँसलाई

    ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आयोजित खेवाङ गोलकपको उपाधि लालिगुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले हात पारेको छ । बडादशैँ तथा शुभ दीपावलीको अवसरमा आयोजित प्रतियोगितामा नालिफुङ्वा स्पोर्टिङ क्लब पेदाङलाई १–० गोल अन्तरले पराजित गर्दै लागिलुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले उपाधि हात पारेको हो । लालिगुराँसको जीतका लागि अर्जुन लिम्बूले गरेको गोल नै पर्याप्त बन्यो । जितसँगै लालिगुराँसले नगद...

  • २०७६ आश्विन १८, शनिबार

    ‘दशँैंकप फुटसल’ प्रतियोगिताको उपाधि स्टार सिटीलाई

    धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको ‘दशैँकप फुटसल प्रतियोगिता’को उपाधि स्टार सिटी कैलालीले जितेको छ । आज भएको फाइनलमा एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजलाई एकका विरुद्ध चार गोल गर्दै स्टार सिटीले उपाधि उचालेको हो । उपाधिसँगै सिटीले रु ३० हजारसहित ट्रफी र मेडल पाएको छ । उपविजेता एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले रु १५ हजारसहित ट्रफी र मेडल पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी स्टार सिटीका...

  • २०७६ आश्विन १७, शुक्रबार

    चन्दा मागेर अन्तरराष्ट्रिय खेलमा सहभागी हुँदै मङ्गलराज

    गोठीचौर गाउँपालिकाका मङ्गलराज कामीले सल्यानमा तेक्वान्दो महासङ्घले आयोजना गरेको खेलमा स्वर्ण जिते । उनी आगामी कात्तिक ६ देखि १२ सम्म थाइल्याण्डमा हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा छनोट भए । तर जानको लागि पैसा थिएन, यसै त दुर्गमको बसाइँ दलित र विपन्न परिवारका मङ्गलराज कसरी जाने चिन्तामा थिए । उनका बाबु काले कामीले गाउँपालिकामा सहयोगको लागि अपिल गरे तर पहिला गाउँपालिकाले...

Pages