STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ भाद्र ३०, सोमबार

    जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि बुढालाई

    जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले प्रथम भइ प्राप्त गर्नु भएको छ । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल हुनुभयो भने त्रिभुवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ । क्लबका अध्यक्ष सरोज शाहीका अनुसार बुढाले जुम्लादेखि रारा तालसम्मको ४९ किलोमिटर...

  • २०७६ भाद्र ३०, सोमबार

    एएफसी फुटबल ः नेपालले कुवेतसँग खेल्ने

    जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित...

  • २०७६ भाद्र ३०, सोमबार

    क्यान निर्वाचनको नयाँ मिति तय

    नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो । यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र...

  • २०७६ भाद्र २९, आइतबार

    सागका लागि आर्चरीको खेलाडी छनोट शुरु

    आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा शुरु भएको छ । पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिबारदेखि ‘रिकर्भ’ ‘क्याटेगोरी’ का लागि खेलाडी छनोट प्रक्रिया शुरु गरिएको नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताउनुभयो । आर्चरीको रिकर्भ र ‘कम्पाउन्ड’ गरी दुई क्याटेगोरीमा प्रतिस्पर्धा हुने भएकाले आगामी भदौ ३०...

  • २०७६ भाद्र २७, शुक्रबार

    राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित

    प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप–२०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा पुगेको हो । समूह ‘क’ मा रहेको आर्मीले अपराजित रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलको...

  • २०७६ भाद्र २६, बिहिबार

    पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर

    युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा सङ्र्घष गरिरहेका एक नेपाली युवा अब्बल अन्तरराष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन् । ती नेपाली युवा खेलाडीमा मात्र सिमित छैन, विदेशीका कराँतेगुरु पनि बन्न सफल भएका हुन् । उनले विदेशीलाई कराँते सिकाउँछन् । पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक्सेराका २६ वर्षीय हिक्मत घर्तीमगर पोर्चुगिजका कराँतेगुरुसमेत बन्न सफल भएका...

  • २०७६ भाद्र २५, बुधबार

    कभर्डहलको निर्माण कार्य अलपत्र अवस्थामा

    डडेल्धुरामा निर्मणाधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा परेको छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु भएको सो कभर्डहल बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो । जिल्लामा रहेको एकमात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत वर्ष साउन महीनामा वर्षात्का कारण भत्किएको थियो । गत आवमा रु १० लाख बराबरको कर्भडहल निर्माणको काम भएको भए पनि चालू आवमा भने कभर्डहल निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकूद विकास...

  • २०७६ भाद्र २५, बुधबार

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो । त्यस्तै नेपालले...

  • २०७६ भाद्र २४, मंगलबार

    नेपालद्वारा ताजकिस्तान पराजित

    किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ८६ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो...

  • २०७६ भाद्र २३, सोमबार

    नमोबुद्धमा कभर्ड हल निर्माण शुरु

    नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीमा क्षेत्रीयस्तरको कभर्ड हल निर्माण शुरु भएको छ । यसका लागि जमीन सम्याउने काम भइरहेको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु एक करोड बजेटबाट कभर्ड हलको निर्माण कार्य थालिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार हाललाई नपा कार्यपालिकाको बैठकले कभर्ड हलको लागि ९० रोपनी जमीन दिने निर्णय गरेको छ । “यस वर्ष थप बजेटबाट हलको...

  • २०७६ भाद्र २३, सोमबार

    राष्ट्रिय फुटबल टोली पोखरातर्फ

    नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डर विशाल बस्नेत, रन्दीप पौडेल, पद्म...

  • २०७६ भाद्र २२, आइतबार

    युएस ओपनः एन्ड्रेस्कु विजयी, सेरेनाको सपना चकनाचुर

     १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छिन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो । सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितिन् । बायनाको यो पहिलो ग्रान्डस्लाम...

Pages