STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ आश्विन १०, शुक्रबार

    सागका लागि समिति गठन

    नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद साग का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव...

  • २०७६ आश्विन १०, शुक्रबार

    साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

    नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद साफ यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । खेलको दोस्रो मिनेटमा नै बङ्गलादेशले अग्रता लियो । बङ्गलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन्...

  • २०७६ आश्विन ९, बिहिबार

    सागका लागि सातै राष्ट्रबाट ‘कन्फरमेसन’ आइसक्यो ः अध्यक्ष श्रेष्ठ

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताउनुभएको छ । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले १३ औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा आयोजना हुने खेल पूर्वाधारको बुधबार साँझ निरीक्षण गर्दै सरकारले सागमा सहभागिता जनाउने राष्ट्रलाई पत्राचार...

  • २०७६ आश्विन ९, बिहिबार

    आइसिसी वरियतामा पारस, सोमपाल र वसन्त

    अन्तरराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् । कप्तान खड्काले ९० रेटिङ अङ्क पाएका छन् । उनी दुई महीनाअघि २५...

  • २०७६ आश्विन ६, सोमबार

    हिक्मतलाई करातेमा दुई स्वर्ण

    ‘अमेरिका कराते कप’मा नेपालका हिक्मत घर्तीमगरले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकाको न्यूयोर्क शहरमा भएको उक्त प्रतियोगितामा आइतबार उनले ६७ किलो तौल समूहको कुमुते र एकल कातातर्फ स्वर्ण हात पारेका हुन् । दुवै स्पर्धामा हिक्मतले फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरेका थिए । उक्त प्रतियोगितामा ४० देशका कराते खेलाडी सहभागी थिए । सो प्रतियोगितामा नेपालबाट भाग लिने हिक्मत एक्ला खेलाडी हुन् । सन् २०१५...

  • २०७६ आश्विन ५, आइतबार

    नेपालले श्रीलङ्कासँग खेल्ने

    जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ । श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपाल जोर्डनसँग ७–० गोलले हारेको थियो भने कुवेतसँग १–१ गोलको बराबरी...

  • २०७६ आश्विन ५, आइतबार

    न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको पीडा ः दिनमा क्याम्पस, राति होटलमा मजदूरी

    न्यून दृष्टियुक्त क्रिकेट खेलाडी नरेन्द्र विष्ट गरीबी र कष्टकर दैनिकीबीच अध्ययन र खेलकूदलाई निरन्तरता दिँदै आएका छन् । बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका १८ वर्षीय यतिबेला कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्ड हलमा क्रिकेट सिकिरहेका छन् । विष्टसँगै सुदूरपश्चिम प्रदेशका ३१ महिला तथा पुरुष क्रिकेट खेलाडी अभ्यासमा जुटेका छन् । कैलालीको धनगढीस्थित ‘कैलाली बहुमुखी क्याम्पस’मा अध्ययनरत विष्टको दैनिकी अरु...

  • २०७६ आश्विन ३, शुक्रबार

    फुटबलमा राष्ट्रसेवक टोली विजयी

    चौथो संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रसेवक टोली विजयी भएको छ । आज दिउँसो ३ः०० बजे एसओएस सुर्खेतको मैदानमा सञ्चालन भएको जनप्रतिनिधि र राष्ट्रसेवकबीचको खेलमा राष्ट्रसेवक टोली विजयी भएको हो । जनप्रतिनिधिहरुको नेतृत्व गर्नुभएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्वको टोलीलाई राष्ट्रसेवकहरुको नेतृत्व गर्नुभएका प्रदेश सरकारका प्रमुख सचिव...

  • २०७६ आश्विन ३, शुक्रबार

    नेपाल र ताजिकिस्तान भिड्ने

    जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । यसअघि खेलेको अघिल्ला दुई खेलमा नेपालले एक अङ्क जोडेको छ । पहिलो खेलमा घरेलु टोली जोर्डनसँग नेपाल ७–०...

  • २०७६ आश्विन २, बिहिबार

    भरतपुरमा साहसिक खेल ‘जिपलाइन’ को शुभारम्भ

    चितवनमा पहिलोपटक साहसिक खेलको रूपमा परिचित जिपलाइन सञ्चालनमा आएको छ । पर्यटन वर्ष २०२२ लाई लक्षित गर्दै भरतपुरको जलदेवी सामुदायिक वनले जिपलाइन सञ्चालनमा ल्याएको हो । जिपलाइनको बुधबार प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गर्नुभयो । सामुदायिक वनले निजी कम्पनी वाइल्ड ओन्डर्स नेपाल प्रालिसँगको सहकार्यमा जिपलाइन सञ्चालनमा ल्याएको हो । सामुदायिक वनमा निर्माण गरिएको...

  • २०७६ आश्विन २, बिहिबार

    सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

    सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । नेपालले घोषणा गरेको टोलीमा अलराउन्डर कुशल मल्ल...

  • २०७६ भाद्र ३१, मंगलबार

    नेपालले कुवेतसँग बराबरी खेल्यो

    जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दिपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै कुवेतका अब्दुलवाहब अलहिन्दिले खेलको इन्जुरी...

Pages