STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ कार्तिक २९, शुक्रबार

    १३औँ साग भव्य बनाउने तयारी

    आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद ९साग० भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटेको छ । सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएकामा सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि नेपाललाई दुई दशकपछि प्रतियोगिता आयोजना गर्ने अवसर जुरेको हो । दक्षिण एशियाली राष्ट्रका बीचमा खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता पहिलोपटक नेपालबाटै शुरुआत हुनु र २० वर्षपछि आयोजना गर्ने अवसरलाई...

  • २०७६ कार्तिक २८, बिहिबार

    नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

    बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो । नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सर्वाधिक ५६ रनको योगदान दिए । उनन्चास बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे ।...

  • २०७६ कार्तिक २६, मंगलबार

    भलिबल प्रतियोगिताको उपाधि एञ्जिलालाई

    साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एन्जिला पुस्तक पसलले हात पारेको छ । फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो । उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले रु एक लाख ७५ हजार नगद पुरुस्कारसहित कप, मेडल, ट्रफ्री र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको साँफेबगर नगरपालिका प्रमुख...

  • २०७६ कार्तिक २५, सोमबार

    राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

    बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि...

  • २०७६ कार्तिक २४, आइतबार

    इङ्ल्याण्डले जित्यो टी२० शृंखला, सुपरओभरमा विजयी

    चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजील्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी२० को सुपरओभरमै न्यूजील्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । न्यूजील्याण्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्यूजील्याण्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो । शृंखलाको पाँचौं तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो । टस हारेर...

  • २०७६ कार्तिक २२, शुक्रबार

    अन्तरराष्ट्रिय स्तरको ¥याफ्टिङ प्रतियोगिता हुने

    आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ । नेपाल एसोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज ९नारा०को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ अन्तर्गत ¥याफ्टिङ र कायक प्रतियोगिता हुन लागेको हो । नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्ष...

  • २०७६ कार्तिक २१, बिहिबार

    नेपाल र म्यान्मा भिड्दै

    कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ । म्यान्माको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे शुरु हुनेछ । म्यान्मासँग नेपालले यसअघि एकपटक प्रतिस्पर्धा गरेको थियो जसको नतिजा म्यान्माको पक्षमा थियो । सन्...

  • २०७६ कार्तिक २१, बिहिबार

    राष्ट्रिय महिला भलिबल टोली बङ्गलादेशतर्फ

    बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिनको लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भोलिदेखि ढाकामा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन १२ सदस्यीय खेलाडीसहितको टोली ढाका प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र...

  • २०७६ कार्तिक २०, बुधबार

    नेपाल र युएई भिड्दै

    एएफसी १९ वर्षमुनि यु–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स युएई को सामना गर्दैछ । इरानको तेहारानस्थित पिएएस स्टेडियममा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ बजे शुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा किर्गिस्तान, युएई र इरान रहेका छन् । नेपालले दोस्रो खेल इरानसँग...

  • २०७६ कार्तिक १९, मंगलबार

    क्रिकेटः न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

    न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ । न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्याण्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको...

  • २०७६ कार्तिक १८, सोमबार

    जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम

    युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गर्नुभएको छ । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पार्नुभएको हो । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई...

  • २०७६ कार्तिक १७, आइतबार

    पचास वर्षमाथिका खेलाडीलाई सम्मान

    म्याग्दीको पर्यटकीयस्थल टोड्केमा जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच जना खेलाडीलाई शनिबार सम्मान गरिएको छ । सम्मानित हुनेमा एथलेटिक्सतर्फ ६१ वर्षीय मीनबहादुर पाइजा, पौडी तथा डाइभिङतर्फ अन्तरराष्ट्रिय उपाधि विजेतासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष ६१ वर्षीय क्या। डमबहादुर पुन, भलिबलतर्फ मिलन श्रेष्ठ र ५३ वर्षीया कौशिला...

Pages