STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एथ्लेटिक्समा नेपाललाई कास्य पदक

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १८, बुधबार

१३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको १० हजार मिटर दौडमा अधिकारीले सो दौड ३० मिनेट ५०।०६ सेकेण्डको समय खर्चदै कास्य पदक प्राप्तगर्नु भएको हो । सोही प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक जित्नुभयो भने श्रीलङ्काको सान मुगेशश्वरले रजत पदक हात पार्नुभयो । कुमारले निर्धारित दूरी २९ मिनेट ३३।६१ सेकेण्ड समय खर्चदै पूरा गर्नुभयो भने श्रीलङ्कामन मुगेशश्वरले ३० मिनेट ४९।२० सेकेण्डको समय लगाउँदै रजत पदक हात पार्नुभयो । सोही स्पर्धामा हिजो भएको महिलातर्फको प्रतियोगितामा नेपालका सन्तोषी श्रेष्ठले स्वर्णपदक हासिल गर्नुभएको थियो ।
Categorized in खेलकुद