STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाली धावक पार्कीलाई स्वर्णपदक

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २०, शुक्रबार

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उहाँले निर्धारित दूरी १४ मिनेट ५४।२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पार्नुभएको हो । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गर्नुभयो । रिमालले १४ मिनेट ५७।०५ सेकेन्डमा दौड पूरा गर्नुभयो । भारतका सुनिल दवारले १४ मिनेट ५५।२१ सेकेन्डको समयसहित रजत पदक हात पार्नुभयो ।
Categorized in खेलकुद