STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तेह्रौँ साग नेपाललाई पहिलो स्वर्ण पदक श्रेष्ठलाई

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १६, सोमबार

नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद साग मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाउनुभएको छ । सातदोबाटोस्थित कराँते हलमा आज भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो । उहाँले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । श्रेष्ठले २५।७२ अङ्क जोड्नुभयो । यता रजत पदक हात पार्नुभएका पाकिस्तानका खेलाडीले २४।९२ अङ्क जोड्नुभयो । [caption id="attachment_27317" align="alignnone" width="900"] त्यसअघि सेमिफाइनलमा मण्डेकाजीले बङ्गलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाउनुभएको थियो । यससँगै मण्डेकाजीले दुई दशकपछि नेपाललाई कातामा स्वर्ण दिलाउन सफल हुनुभएको छ । नेपालमै भएको आठौँ सागमा गङ्गाराम महर्जनले कातामा नेपाललाई स्वर्ण दिलाउनुभएको थियो । त्यसयता कातामा नेपाल स्वर्णविहीन हँुदै आएको थियो ।[/caption] चञ्चलाले रजत त्यस्तै महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जित्नुभएको छ । उहाँ फाइनल खेलमा पाकिस्तानकी साहिदासँग पराजित हुनुभयो । चञ्चलाले फाइनलमा २४।६२ अङ्क जोड्दा साहिदाले २४।६२ अङ्क जोड्नुभयो । यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बङ्गलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गर्नुभएको थियो ।
Categorized in खेलकुद