STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तेह्रौँ साग महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १६, सोमबार

तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४।८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३।३ अङ्क प्राप्त ग¥यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की हुनुहुन्थ्यो । समूह चरणको खेलमा नेपालले २४।७४, बङ्गलादेशले २४।०८, पाकिस्तानले २५।१४ र श्रीलङ्काको टिमले २२।२५ प्राप्त गरेका थियो ।
Categorized in खेलकुद