STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक पदक

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १७, मंगलबार

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पार्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७।९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । उहाँले भारतकी कविता यादवलाई ०।०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाउनुभयो । भारतकी कविताले ३५ मिनेट ०७।९५ को समय खर्चदै रजत पदक जित्नभयो । सोही स्पर्धामा श्रीङ्का तेस्रो बन्यो । श्रीलङ्काकी निलान्थी लङ्काले ३५ मिनेट ५९।०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पार्नुभएको हो । साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाउनुभएको थियो । त्यस्तै सन्तोषीले आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण जित्नुभएको थियो । योसँगैँ १३औँ सागमा नेपालले अहिलेसम्म २० स्वर्ण पदक हात पारेको छ ।
Categorized in खेलकुद