STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उसुमा नेपाललाई दुई स्वर्ण

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १७, मंगलबार

तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत आजदेखि शुरु भएको उसु खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक जित्नुभएको हो । पुरुषमा विजयले ९।४८ अङ्क जोड्दै स्वर्ण पदक जित्नुभएको हो । उहाँले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई पछि पार्नुभएको थियो । रजत पदक जितेको बङ्गलादेशले ९।३४अङ्क ल्याएको थियो भने कास्य पदक जितेको श्रीलङ्काले ९।१३ अङ्क जोडेको थियो । त्यस्तै महिलामा सुस्मिताले ९।४४ अङ्क जोड्दै स्वर्ण पदक हात पार्नुभएको हो । उहाँले श्रीलङ्का र बङ्गलादेशका खेलाडीलाई पछि पार्नुभएको थियो । सोही स्पर्धामा श्रीलङ्काले ८।५५ अङ्क बटुल्दै दोस्रो भयो भने ७।५३ अङ्क बटुलेको बङ्गलादेश तेस्रो स्थानमा रह्यो ।
Categorized in खेलकुद