अन्तर्राष्ट्रिय
-
२०७८ भाद्र २०, आइतबार
तालिवानले कब्जा गर्न नसकेकाे पञ्जशीरमा भीषण युद्ध जारी
अफगानिस्तानको राजधानी काबुलको उत्तरमा अवस्थित पञ्जशीर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त मध्ये एक हो । यो एक मात्र यस्तो प्रान्त हो जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । तालिबान र स्थानीय विद्रोहीबीच पञ्जशीर कब्जाका लागि लडाई जारी छ । शनिबार पनि भीषण युद्ध भएकाे खबर छ । दुवै पक्षले पञ्जशीर आफ्नाे नियन्त्रणमा आइसकेकाे दाबी गरे पनि त्यहाँकाे स्थिति स्पष्ट नरहेकाे...
-
२०७८ भाद्र १८, शुक्रबार
बेलायतले लगायो म्यानमारमाथि प्रतिबन्ध
बेलायत सरकारले म्यानमारमाथि नयाँ प्रतिबन्ध लगाएको छ । बेलायतले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेधार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो । संस्थापक जाले सेनाको जुन्ता सरकारलाइ हतियार उपलब्ध गराउन सम्झौता गरेको बेलायतको आरोप छ । म्यानमारका अल्पसंख्यक रोहिन्जा समुदाय दमन गर्न सो समूहले सन् २०१७ मा हतियार उपलब्ध गराएको पनि बेलायतको आरोप छ । सेनाको दमनका कारण...
-
२०७८ भाद्र १३, आइतबार
काबुल विमानस्थल नजिक फेरि विस्फोट
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । यसअघि शक्तिशाली विस्फोटनको घटना हुँदा झण्डै एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो । विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरू गरिरहेका बेला विस्फोटन भएको हो ।विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको...
-
२०७८ भाद्र ११, शुक्रबार
विमानस्थल खालि गर्न तालिबानको चेतावनी
अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको छ । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् उद्धार कार्य जारी राखेको र अझै ठूलो संख्यामा उद्धार बाँकी रहेको भनिरहेकै समयमा सो विस्फोट भएको हो । अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौं मानिसको दैनिक उद्धार गरिरहेको छ । तर तालिबान समूहले भने विमानस्थल छोड्न चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एसययाली मुलुकका नागरिकहरू...
-
२०७८ भाद्र १, मंगलबार
कस्तो होला तालिवानको नयाँ सरकार ?
काठमाडौँ - झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तर्राष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरूमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन् ।...
-
२०७८ श्रावण ३२, सोमबार
उद्धारकाे प्रतीक्षामा रहेका अफगानिस्तानका १३४ नेपाली सरकारको सम्पर्कमा
काठमाडौं - अफगानिस्तानबाट १३४ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् । सोमबार साँझसम्म १३४ नेपाली र उनीहरुका आफन्तले अफगानिस्तानमा कार्यरत श्रमिकबारे जानकारी दिएका हुन् । आइतबार परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको थियो । उनीहरु...
-
२०७८ श्रावण ३१, आइतबार
अफगानी राष्ट्रपति देश छाडी भागे
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । आइतबार चरमपन्थी संगठन तालिबानी राजधानी काबुलमा प्रवेश गरेपछि घानीले देश छोडेको विदेशी अफगानी सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । टोलो न्यूजले स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति घानीसँगै उनका सहयोगीहरूले पनि देश छोडेको दाबी गरेको छ । यस्तै, रोयटर्सले राष्ट्रपति घानी देश छोडेर ताजिकिस्तान भागेको दाबी गरेको छ । अफगान गृह मन्त्रालयका एक वरिष्ठ...
-
२०७८ श्रावण ८, शुक्रबार
अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा
अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो । प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु...
-
२०७८ श्रावण ७, बिहिबार
सिरियामा इजरायली मिसाइल आक्रमण
बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ । सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ । सानाका अनुसार गत राति मध्यदेखि सिरियामा सो हमला भएको हो ।उक्त साना समाचार समितिले सो हमला...
-
२०७८ आषाढ २९, मंगलबार
चीनमा अस्पताल भवन भत्किँदा आठजनाको मृत्यु
चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ । सो भवन सोमबार अपरान्ह भत्किएको थियो । त्यसमा परेर आठ जनाको मृत्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ । सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए ।...
-
२०७८ आषाढ २०, आइतबार
फिलिपिन्समा ८५ जना सवार विमान दुर्घटना
फिलिपिन्समा ८५ जना सवार एक विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी फिलिपिन्समा उक्त सैन्य विमान दुर्घटना भएको हो । त्यहाँका सैन्य प्रमुखले विमान दुर्घटनाको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । सी-१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा ल्यान्ड गर्ने प्रयास गर्दैगर्दा दुर्घटनामा परेको सैनिक जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएका छन् । जल्दै गरेको विमानबाट १५ जनालाई जीवितै उद्धार गरिएको छ ।...
-
२०७८ आषाढ १९, शनिबार
कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने
युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार संकेत गरेको छ । संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो । चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति...


