STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उद्धारकाे प्रतीक्षामा रहेका अफगानिस्तानका १३४ नेपाली सरकारको सम्पर्कमा

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३२, सोमबार

काठमाडौं - अफगानिस्तानबाट १३४ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् । सोमबार साँझसम्म १३४ नेपाली र उनीहरुका आफन्तले अफगानिस्तानमा कार्यरत श्रमिकबारे जानकारी दिएका हुन् ।

आइतबार परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको थियो ।

उनीहरु सरकारको सम्पर्कमा आएकाले उद्धारको लागि सहज हुने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । उनले नेपालीहरुबारे जानकारी आउने क्रम जारी रहेको पनि बताइन् ।

परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि +९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने बताएको छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय