STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काबुल विमानस्थल नजिक फेरि विस्फोट

Janjati Khabar – रासस | २०७८ भाद्र १३, आइतबार

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ ।

यसअघि शक्तिशाली विस्फोटनको घटना हुँदा झण्डै एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो ।

विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरू गरिरहेका बेला विस्फोटन भएको हो ।विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार आइतबार साँझ ४ः५५ मा विस्फोट भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटपछि काबुलको आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । अहिले घटनाको कसैले जिम्मेवारी लिएका छैनन् ।

 यसअघि  काबुल विमानस्थल नजिकै गत बिहीबार शक्तिशाली बम विस्फोटन भएको थियो । घटनामा परी १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो ।

 विस्फोटनका कारण अन्य दुई सयजना घाइते भएको र उनीहरूमध्ये धेरैको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सिन्ह्वा

Categorized in अन्तर्राष्ट्रिय