STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फिलिपिन्समा ८५ जना सवार विमान दुर्घटना

Janjati Khabar – एजेन्सी | २०७८ आषाढ २०, आइतबार

फिलिपिन्समा ८५ जना सवार एक विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी फिलिपिन्समा उक्त सैन्य विमान दुर्घटना भएको हो ।

त्यहाँका सैन्य प्रमुखले विमान दुर्घटनाको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

सी-१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा ल्यान्ड गर्ने प्रयास गर्दैगर्दा दुर्घटनामा परेको सैनिक जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएका छन् ।

जल्दै गरेको विमानबाट १५ जनालाई जीवितै उद्धार गरिएको छ । सोबेजानाले राहत तथा उद्धारकर्मी घटनास्थलमा रहेको बताए । बीबीसीका अनुसार उनले अरू थुप्रैलाई बचाउन सकियोस् भनेर प्रार्थना गरिरहेको जानकारी दिए ।

Categorized in अन्तर्राष्ट्रिय