STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

Janjati Khabar – एजेन्सी | २०७८ आषाढ १९, शनिबार

युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ ।

संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार संकेत गरेको छ ।

संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो ।

चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निष्कर्ष निकालेको छ ।  

युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ ।

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिएमा मात्रै युरोपमा कोरोना भाइरसको संक्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ ।

युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशंक उत्पन्न भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय