STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तालिवानले कब्जा गर्न नसकेकाे पञ्जशीरमा भीषण युद्ध जारी

Janjati Khabar – एजेन्सी | २०७८ भाद्र २०, आइतबार

अफगानिस्तानको राजधानी काबुलको उत्तरमा अवस्थित पञ्जशीर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त मध्ये एक हो । यो एक मात्र यस्तो प्रान्त हो जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन ।

तालिबान र स्थानीय विद्रोहीबीच पञ्जशीर कब्जाका लागि लडाई जारी छ । शनिबार पनि भीषण युद्ध भएकाे खबर छ ।

दुवै पक्षले पञ्जशीर आफ्नाे नियन्त्रणमा आइसकेकाे दाबी गरे पनि त्यहाँकाे  स्थिति स्पष्ट नरहेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकी सेना फर्केलगत्तै तालिबानले पञ्जशीरबाहेक अफगानिस्तान आफ्नाे नियन्त्रणमा लिइसकेकाे छ । यसअघि सन १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेका बेला पनि पञ्जशीर तालिबानकाे नियन्त्रणमा थिएन ।

तालिबानका एक प्रवक्ता बिलाल करिमीले पञ्जशीरकाे खिन्ज र उनाबाह जिल्ला आफ्नाे नियन्त्रणमा आइसकेकाे दाबी गरेका छन् । उनले प्रान्तका ७ जिल्लामध्ये चार जिल्लामा आफूहरूले नियन्त्रण कामय गरिसकेकाे बताए ।

तर, अफगानिस्तानकाे राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का स्थानीय नेता अहमद मसूदकाे नेतृत्वमा रहेकाे माेर्चाले ख्वाक दर्रेमा हजाराैँ तालिबानहरूलाई घेरामा हालेकाे दाबी गरिएकाे छ ।

एनआरएफका प्रवक्ता फहिम दश्तीले तालिबानसँग युद्ध जारी रहेकाे बताएका छन् ।

यसैबीच अमेरिकी जनरल मार्क मिलेले अफगानिस्तानकाे पछिल्लाे परिस्थितिले मुलुकमा गृहयुद्ध हुनसक्ने चेतावनी दिएका छन् ।

उनले भने, 'मलाई लाग्छ कि अफगानिस्तानमा जुन परिस्थिति बनेकाे छ त्यसले गृहयुद्धकाे सम्भावना बढाएकाे छ ।'

Categorized in अन्तर्राष्ट्रिय