STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विमानस्थल खालि गर्न तालिबानको चेतावनी

Janjati Khabar – रासस | २०७८ भाद्र ११, शुक्रबार

अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको छ । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् उद्धार कार्य जारी राखेको र अझै ठूलो संख्यामा उद्धार बाँकी रहेको भनिरहेकै समयमा सो विस्फोट भएको हो ।   

अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौं मानिसको दैनिक उद्धार गरिरहेको छ । तर तालिबान समूहले भने विमानस्थल छोड्न चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एसययाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ ।

पेन्टागनका प्रवक्ता जोन कर्बीले भने, “काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ । यतिबेला विस्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । थप विवरण प्राप्त हुँदासाथ दिइनेछ ।”

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् ।

अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफबाह फैलिएपछि यसअघि कर्बीले एक ट्वीटमार्फत् त्यसको खण्डन गरेका थिए ।  ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिशनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ ट्विटमा उनले लेखेका छन् । एएफपी

Categorized in अन्तर्राष्ट्रिय