STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अफगानी राष्ट्रपति देश छाडी भागे

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३१, आइतबार

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् ।

आइतबार चरमपन्थी संगठन तालिबानी राजधानी काबुलमा प्रवेश गरेपछि घानीले देश छोडेको विदेशी अफगानी सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । टोलो न्यूजले स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति घानीसँगै उनका सहयोगीहरूले पनि देश छोडेको दाबी गरेको छ ।

यस्तै, रोयटर्सले राष्ट्रपति घानी देश छोडेर ताजिकिस्तान भागेको दाबी गरेको छ । अफगान गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले घानी ताजिकिस्तान गएको बताएको रोयटर्सले उल्लेख गरेको छ छ ।

यसअघि आइतबार नै राष्ट्रपति घानीले देशको संकट समाधान गर्ने जिम्मेवारी राजनीतिक दलका नेताहरूलाई सुम्पिएको अफगानी कार्यवाहक रक्षामन्त्री विस्मिल्लाह मोहम्मदीले बताएको अफगानी सञ्चारमाध्यम टोलो न्यूजले उल्लेख गरेको छ ।

कार्यवाहक रक्षामन्त्री मोहम्मदीका अनुसार देशको परिस्थितिबारे वार्ताका लागि एक प्रतिनिधिमण्डल सोमबार दोहा जानेछ । प्रतिनिधिमण्डलमा युनुस कानुनी, अहमद वली मसूद, मोहम्मद मोहाकीक लगायत प्रमुख राजनीतिक नेताहरू रहने दाबी गरिएको छ ।

तालिबाननिकट स्रोतले भने राजनीतिक सम्झौतापछि राजीनामा गरेर राष्ट्रपति घानीले अन्तरिम सरकारलाई सत्ता हस्तान्तरण गर्ने दाबी गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय