STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७८ आषाढ १४, सोमबार

    अस्ट्रेलियामा कोरोनाभाइरसको नयाँ प्रकोप

    कोरोनाभाइरसको अत्यन्तै सङ्क्रामक डेल्टा भेरिअन्टसँग जोडिएको कोभिड प्रकोपकाबीच सिड्नीमा सङ्क्रमितहरूको सङ्ख्या १२८ पुगेको छ। अस्ट्रेलियाका अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ। उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ। अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। सङ्घीय र राज्य सरकारहरूले सोमवार पछिल्लो...

  • २०७८ आषाढ ५, शनिबार

    भारतीय धावक मिल्खा सिंहको निधन

    चर्चित भारतीय धावक मिल्खा सिंहको निधन भएको छ। चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खाले १९६० को रोम ओलम्पिकमा ४०० मिटरमा चौंथो स्थान हासिल गरेका थिए। पोस्ट कोभिडका कारण उनको निधन भएको जनाइएको छ। ३ जुनमा अक्सिजन लेवल घटेपछि आइसियुमा लगिएको थयो। २० मे मा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। १९५८ मा टोकियोमा आयोजना भएको एसियन गेममा उनले २०० र ४०० मिटर तथा राष्ट्रमंडल ४०० मिटरमा स्वर्ण जितेका...

  • २०७८ आषाढ २, बुधबार

    इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

    इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ११ः४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य...

  • २०७८ जेठ ३०, आइतबार

    हजका साउदीले तोक्याे मापदण्ड, ६० हजारलाई मात्र अनुमति

    साउदी अरबले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको छ । विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको छ । तर, हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका...

  • २०७८ जेठ २६, बुधबार

    भारतमा मनसुन भित्रियो, मुम्बईमा ठूलो वर्षा

    मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ । यस्तै, वर्षाका कारण केही ठाउँमा ट्राफिक जामसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज पुणेमा पनि वर्षाको...

  • २०७८ जेठ २०, बिहिबार

    भाजपाका नेताको गोली हानी हत्या

    जम्मू-कश्मीरकाे पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक नेता मारिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गाेली हानेका हुन् । घटना पुलवामाकाे त्राल पायीन क्षेत्रमा भएकाे हाे । गाेली लागेलगत्तै त्रालका भाजपा पार्षद पण्डितलाई अस्पताल लगिएकाे थियाे । त्यहाँ उनलाई डाक्टरले मृत घाेषणा गरे । घटनामा पण्डितका साथीकी छाेरी पनि घाइते भएकी छन् ।...

  • २०७८ जेठ १६, आइतबार

    भियतनाममा भेटियो हावाबाटै फैलने कोरोनाको नयाँ भेरियन्ट

    भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । सो भेरियन्ट भारत र बेलायतमा यसअघि भेटिएको भेरियन्टसँग मिल्दोजुल्दो छ । अधिकारीहरूले उक्त भेरियन्ट हावाबाट तीव्र रूपमा फैलन सक्ने जनाएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयेन थान्ह लाङले शनिबार कोरोनाको उक्त भेरियन्ट धेरै खतरनाक रहेको बताएका छन् । भाइरसले आफ्नो रूप बदलीरहन्छन् । त्यसक्रममा नयाँ नयाँ भेरियन्टहरू देखा पर्दछन् । त्यसमध्ये धेरै...

  • २०७८ जेठ ११, मंगलबार

    मलेसियामा दुई रेल ठोक्किँदा दुई सय बढी यात्रु घाइते

    मलेसियाको राजधानीको क्वालालम्पुर नजिकैको भूमिगत रेलमार्गमा दुई रेल ठोक्किँदा २ सय बढी यात्रु घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मलेसियाको पेट्रोनाज ट्वीन टावर नजिकैको टनेलमा सोमबार राति स्थानीय समयअनुसार पौने ९ बजे एउटा खाली रेल र अर्को यात्रुवाहक रेल ठोक्किएका हुन्। विपरीत दिशामा गइरहेका दुबै रेल एउटै ट्र्याकमा भएकाले दुर्घटना भएको हो। तीमध्ये खाली रेल मर्मतपछि ल्याइएको...

  • २०७८ जेठ ११, मंगलबार

    अफ्रिकी राष्ट्र मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाकाे नियन्त्रणमा

    अफ्रिकी देश मालीमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले सेनाद्वारा नियन्त्रणमा लिइएका राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल रिहाइको माग गरेको छ। राजधानी बामाको नजिकैको काटी सैनिक क्याम्पका सैनिकले राष्ट्रपति बाह एनदाव र प्रधानमन्त्री मोक्तार ओएनलाई नियन्त्रणमा लिएका हुन्। संयुक्त राष्ट्रसंघीय मिसनले दुवै पक्षलाई शान्त रहन अपील समेत गरेको छ। राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिइएको खबरसँगै...

  • २०७८ बैशाख २९, बुधबार

    इजरायल र हमासबीच भीषण युद्धको आशंका

    गाजापट्टीमा प्यालेस्टिनी हमास संगठन र इजरायली सेनाबीच बम हानाहान भइरहेको छ । बीबीसीका अनुसार दुई पक्षले एकअर्काविरुद्ध रकेट बम प्रहार गर्ने क्रम झनै तीव्र पारेका छन् । यसले भीषण युद्धको संकेत गरिरहेको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता जनाएको छ । पछिल्लो ३८ घण्टामा प्यालेस्टिनी विद्राेहीहरूले एक हजारभन्दा बढी रकेट बम प्रहार गरेका इजरायलले बताएको छ । यसपालि हमासले इजरायलको औद्योगिक शहर...

  • २०७८ बैशाख २७, सोमबार

    जन्मदिनकाे पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

    अमेरिकाको कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गएको छ । एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको र उनले आफूलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीको पनि ज्यान गएको छ । घटना के कारणले भयो भन्ने बारे केही खुलाइएको छैन । यस्तै, आक्रमणकारीको पनि पहिचान खुलाइएको छैन । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि...

  • २०७८ बैशाख २५, शनिबार

    कोरोनाविरुद्धकाे चिनिया खाेपलाई अनुमति

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । चीन सरकारको स्वामीत्वमा रहेको सिनोफार्मले विकास गरेको कोभिड खोपलाई डब्लूएचओले आपत्‌कालीन प्रयोगको अनुमति दिएको हो । यो खोप नेपालमा पनि दिइएको छ । चीन सरकारले नेपाललाई यो खोपको ८ लाख डोज उपलब्ध गराएको थियो । डब्ल्यूएचओले यसअघि फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले...

Pages