STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोनाविरुद्धकाे चिनिया खाेपलाई अनुमति

Janjati Khabar – एजेन्सी | २०७८ बैशाख २५, शनिबार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

चीन सरकारको स्वामीत्वमा रहेको सिनोफार्मले विकास गरेको कोभिड खोपलाई डब्लूएचओले आपत्‌कालीन प्रयोगको अनुमति दिएको हो ।

यो खोप नेपालमा पनि दिइएको छ । चीन सरकारले नेपाललाई यो खोपको ८ लाख डोज उपलब्ध गराएको थियो ।

डब्ल्यूएचओले यसअघि फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय