STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हजका साउदीले तोक्याे मापदण्ड, ६० हजारलाई मात्र अनुमति

Janjati Khabar – एजेन्सी | २०७८ जेठ ३०, आइतबार

साउदी अरबले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको छ ।

विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको छ । तर, हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउने छन् । त्यसैगरी हजमा जानेले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ ।

गम्भीर खालको रोग लागेको वा बिरामी परेकाहरु हज जान पाउने छैनन् । यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ । आउँदो जुलाईको मध्यदेखि हज यात्रा सुरु हुनेछ ।

Categorized in अन्तर्राष्ट्रिय