STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जन्मदिनकाे पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

Janjati Khabar – एजेन्सी | २०७८ बैशाख २७, सोमबार

अमेरिकाको कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गएको छ ।

एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको र उनले आफूलाई पनि गोली हानेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीको पनि ज्यान गएको छ । घटना के कारणले भयो भन्ने बारे केही खुलाइएको छैन ।

यस्तै, आक्रमणकारीको पनि पहिचान खुलाइएको छैन । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका आक्रमणकारीले गोली चलाएका बीबीसीले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय