STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भाजपाका नेताको गोली हानी हत्या

Janjati Khabar – एजेन्सी | २०७८ जेठ २०, बिहिबार

जम्मू-कश्मीरकाे पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक नेता मारिएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गाेली हानेका हुन् ।

घटना पुलवामाकाे त्राल पायीन क्षेत्रमा भएकाे हाे । गाेली लागेलगत्तै त्रालका भाजपा पार्षद पण्डितलाई अस्पताल लगिएकाे थियाे । त्यहाँ उनलाई डाक्टरले मृत घाेषणा गरे । घटनामा पण्डितका साथीकी छाेरी पनि घाइते भएकी छन् । उनकाे उपचार भइरहेकाे छ ।

सुरक्षा गार्डबिनै साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएकाे दैनिक भास्करले उल्लेख गरेकाे छ । भाजपा पार्षद पण्डितसँग २ सुरक्षाकर्मी सधैं साथमै हुन्थे ।

Categorized in अन्तर्राष्ट्रिय