STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतीय धावक मिल्खा सिंहको निधन

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ५, शनिबार

चर्चित भारतीय धावक मिल्खा सिंहको निधन भएको छ।

चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खाले १९६० को रोम ओलम्पिकमा ४०० मिटरमा चौंथो स्थान हासिल गरेका थिए।

पोस्ट कोभिडका कारण उनको निधन भएको जनाइएको छ। ३ जुनमा अक्सिजन लेवल घटेपछि आइसियुमा लगिएको थयो। २० मे मा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।

१९५८ मा टोकियोमा आयोजना भएको एसियन गेममा उनले २०० र ४०० मिटर तथा राष्ट्रमंडल ४०० मिटरमा स्वर्ण जितेका थिए। उनलाई भारत सरकारले पद्म श्रीले सम्मान गरेको थियो। त्यस्तै, १९६४ मा एसियन गेममा थप २ स्वर्ण जितेका थिए।

मिल्खाका तीन छोरी र एक छोरा रहेका छन्।

पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो। सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए जसले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए।

Categorized in अन्तर्राष्ट्रिय