STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७७ फाल्गुण ७, शुक्रबार

    म्यानमार प्रदर्शनमा गोली लागी एक महिलाको मृत्यु

    म्यानमार सेनाले कू मार्फत् सत्ता हत्याएपछि भएको प्रदर्शनमा सहभागी एक महिलाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ। समाचार संस्था एएफपीका अनुसार २० वर्षीया ती महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो पटक हो। ती महिलालाई अघिल्लो साता प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो। जननिर्वाचित...

  • २०७७ फाल्गुण ६, बिहिबार

    भारत पश्चिम बंगालमा मन्त्रीमाथि बम आक्रमण

     काठमाडौँ – भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण भएको छ । पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते भएका छन् । पेटमुनि चोट लागेका उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ । स्थानीय प्रहरीकाअनुसार आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । कलकत्ता जानका लागि...

  • २०७७ फाल्गुण १, शनिबार

    उत्तरी भारतमा शक्तिशाली भूकम्पकाे धक्का

    दिल्लीसमेत उत्तरी भारतमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्किएका थिए । शुक्रबार राति १०ः३१ मा गएको भूकम्पका कारण दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान, उत्तराखण्ड, उत्तर प्रदेश, जम्मु कश्मीरसमेत उत्तर भारतमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । यद्यपी भारतका कतिपय सञ्चारमाध्यमले शुक्रबार राति १०ः३४ मा भूकम्प गएको उल्लेख गरेका छन् । भारतीय...

  • २०७७ माघ २९, बिहिबार

    म्यानमारमाथि अमेरिकाकाे प्रतिबन्ध

    काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । उनले म्यानमारको सैनिक कूको विरोध गर्दै सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए । बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको व्यापार र नजिकका आफन्त पनि प्रतिबन्धको...

  • २०७७ माघ २७, मंगलबार

    उत्तराखण्ड बाढीमा मृत्यु हुनेकाे संख्या २६ पुग्यो

    भारतको उत्तराखण्डमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अहिलेसम्म २६ जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीमा परेर अझै १ सय ७१ जना हराइरहेका छन् । यस्तै निर्माण भइरहेको सुरुङमा ३० देखि ३५ जना फसेको आशङ्कामा उद्धारको प्रयास भइरहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले बताए । सुरुङलाई रातभरि खोल्ने प्रयास गरिए पनि कसैसँग पनि सम्पर्क हुन नसकेको खबरमा...

  • २०७७ माघ २६, सोमबार

    उत्तराखण्डमा हिमनदी विस्फोट : एक नेपालीसहित ८ जनाको मृत्यु पुष्टी, १ सय २५ जनाकाे खाेजी जारी

    भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको बाढीले बाँध भत्किदा सयौं मानिस हराइरहेका छन् भने कयौंको मृत्यु भएको आशंका गरिएको छ । उत्तराखण्डस्थित सो बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्दा बढी स्थानीयहरू हराएको आशंका गरिएको छ । बाढीको भेल तीव्र गतिमा बस्तीहरुमा पसेपछि धेरै नोक्सानी पुर्‍याएको छ । चमोली जिल्लाको धौलीगंगा...

  • २०७७ माघ २५, आइतबार

    भारत उत्तराखण्डको हिमताल फुट्दा १५० जना मारिएकाे आशंका

    भारतको उत्तराखण्डमा हिमताल फुट्दा १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । हिमताल फुटेपछि गएको बाढीले बाँध फुट्दा ऋषिगंगा जनविद्युत आयोजनाको ड्याममा कार्यरत एक सय १५० भन्दा बढी ब्यक्ति बेपत्ता भएको जनाइएको छ । उत्तराखण्डका उच्च अधिकारीहरुका अनुसार १ सय देखि १ सय ५० जना वेपत्ता भइरहेकाले उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । पछिल्लो समाचार अनुसार घटनास्थलमा तीनजनाको शव भेटिएको छ ।...

  • २०७७ माघ २५, आइतबार

    फिलिपिन्समा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ - आइतबार फिलिपिन्समा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार डाभाओ डेल सुर प्रान्तको दक्षिणी भेगमा केन्द्रबिन्दु बनाएर स्थानीय समय १२ः२२ मा भूकम्प गएको हो । यसले केही क्षति पुर्याएको र अझै पराकम्पनहरू आउन सक्ने आशंका गरिएको रोयटर्सले जनाएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सेस्मोलोजी (फिभोल्क्स)ले त्यस भूकम्पको गहिराइ १५ किलोमिटर रहेको...

  • २०७७ माघ २५, आइतबार

    अमेरिकाकाे कोभिडविरुद्धको खोप अभियानमा सेना परिचालन

    संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै सुरू भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ। पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरूद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ। अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले सेना परिचालनका लागि गरेको अनुरोधलाई...

  • २०७७ माघ २२, बिहिबार

    म्यानमारको ‘कू’ विफल पार्न राष्ट्र सङ्घको आह्वान

    संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरसले गएको सोमवार म्यानमारमा भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेरेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनःस्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषदमा एकता हुने आशा रहेको बताएका छन् । ‘यो कू विफल बनाउन म्यानमारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न...

  • २०७७ माघ १९, सोमबार

    म्यानमारकी नेतृ आङसाङ सुकी पक्राउ, सैनिक ‘कू’को आशंका

    म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले पक्राउ गरेको छ । सेनाले कु गर्न सक्ने अनुमान भएकै बेला नेतृ सुकीलाई आज विहान पक्राउ गरिएको सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जानकारी दिएका हुन् । गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।...

  • २०७७ माघ १४, बुधबार

    पहिलोपटक घरपालुवा बिरालोमा कोराेना सङ्क्रमण पुष्टि

    दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो । पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत सङ्क्रमण...

Pages