अन्तर्राष्ट्रिय
-
२०७७ मङ्सिर १९, शुक्रबार
एक लाख बढी रूसी नागरिकले लगाए काेराेनाविरूद्धकाे खोप
रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका...
-
२०७७ मङ्सिर १८, बिहिबार
कोरोना खोप प्रयोग गर्न रूसी राष्ट्रपति पुटिनको निर्देशन
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार उनले अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको रुसी मिडियाहरु रसिया टुडे र स्पुटनिकले जनाएका छन् । रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ । पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरूलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप...
-
२०७७ मङ्सिर १७, बुधबार
सर्वसाधारणमा काेराेनाविरुद्धकाे खाेप प्रयाेग गर्न बेलायतले दियाे अनुमति
बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ । योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ । बुधबार मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोनाविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको र प्रयोग गर्न अनुमति दिएको हो। उच्च जोखिममा रहेका समुहहरूलाई खोप दिने काम केही दिनमा सुरू गरिने बिबिसीले जनाएको छ।...
-
२०७७ मङ्सिर १४, आइतबार
अफगानिस्तानको सैनिक शिविरको बम आक्रमणमा २६ सुरक्षाकर्मी मारिए
अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण मानिएको छ । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भीषण आक्रमण गरिएका थिएनन् । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए ।...
-
२०७७ मङ्सिर २, मंगलबार
नितिशकुमार सातौंपटक बिहारको मुख्यमन्त्री
नितिशकुमार सातौंपटक बिहारको मुख्यमन्त्री बनेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ ग्रहण गरेका छन् । सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ । विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।
-
२०७७ कार्तिक २३, आइतबार
जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति
जोसेफ रोविनेट बाइडेन अमेरिककाे ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् । त्यस्तै कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन्। आगामी जनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष...
-
२०७७ कार्तिक २२, शनिबार
परिणामअघि नै राष्ट्रपतिमा दाबी नगर्न बाइडनलाई ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपतिय चुनावमा भोट काउन्टिङ जारी छ । राष्ट्रपतिका उम्मेदवार जो बाइडन जित नजिक छन् । यता रिपब्लिकन पार्टीका उम्मेदवार एवं राष्ट्रपति डोनाल्ड ट्रम्पले परिणाम आउनुअघि आफूलाई विजेता घोषित नगर्न प्रतिद्वन्द्वी जो बाइडनलाई चेतावनी दिएका छन्। केही समयअघि ट्वीट गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले भनेका छन्,‘बाइडेन राष्ट्रपतिमा गलत दाबी नगर। त्यस्तो दाबी म पनि गर्न सक्छु। कानुनी...
-
२०७७ कार्तिक २०, बिहिबार
अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जित नजिक
अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन्। फक्स न्युजका अनुसार हालसम्म बाइडेनले २६४ इलेक्टोरल मत र ट्रम्पले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन्। राष्ट्रपति पदमा विजयी हुन कम्तिमा २ सय ७० इलेक्टोरल मतको खाँचो पर्छ । बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक राज्यमा विजयी हुने स्पष्ट भएको उल्लेख गरेका छन्। मिसिगनमा जित सुनिश्चितअघि संक्षिप्त मन्तव्य...
-
२०७७ कार्तिक १८, मंगलबार
आज अमेरिकी राष्ट्रपतीय निर्वाचन
वाशिङ्गटन डिसी – अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ । आगामी चार वर्षका लागि निर्वाचित...
-
२०७७ कार्तिक १६, आइतबार
बेलायतमा दोस्रो लकडाउन घोषणा
बेलायतले दोस्रो पटक लकडाउनको घोषणा गरेको छ। शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि लकडाउनको घोषणा गरेका हुन्। यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो। यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन्। अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा...
-
२०७७ कार्तिक १२, बुधबार
कोरोना महामारी बीच विहारमा मतदान
कोरोना महामारीका बीच भारतको विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ । २४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ । नीतिश कुमारको नेतृत्वमा रहेको एनडीए र तेजस्वीको नेतृत्वमा रहेको गठबन्धनबीच प्रतिष्पर्धा रहेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । पहिलो चरणमा प्रमुख नेताहरु चुनावी मैदानमा छन् ।
-
२०७७ आश्विन ३०, शुक्रबार
बिहार सरकारका मन्त्रीको काेराेनाबाट मृत्यु
भारतको बिहार सरकारका मन्त्री कपिलदेव कामतको निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर एक साता अघि पटनाको एम्स अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । पहिले देखि नै मिर्गौलाका बिरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको थियो । मुख्यमन्त्री नीतीश कुमारले उनको निधनमा शोक व्यक्त गरेका छन् । उनले मन्त्री कामत जनतासँग जोडिएका, आफ्नो नजिकको सहयोगी, एक कुशल...


