STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति

Janjati Khabar – एजेन्सी | २०७७ कार्तिक २३, आइतबार

जोसेफ रोविनेट बाइडेन अमेरिककाे ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् ।

त्यस्तै कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन्।

आगामी जनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा बाइडेनले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्। वाराक ओबामाको कार्यकालमा उनी उपराष्ट्रपति थिए।

भर्खरै प्राप्त मतगणनाको परिणाम अनुसार ७८ वर्षीय वाइडेन २९० इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी भएका हुन्। चुनाबी परिणामलाई निकै ठूलो प्रभाव पार्नसक्ने राज्यका रुपमा बाँकी रहेका चारवटा राज्यमध्ये पेन्सिलभेनिया राज्यको मतगणनाको परिणाम आएपछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

मतगणनाको परिणामको प्रतीक्षामा तीन दिनदेखि बेचैन रहेका विशेषतःअमेरिकी र विश्वभरका जनता तथा राजनीतिज्ञलाई यो परिणमले शान्त बनाएको छ ।

विश्व भूराजनीतिमा अग्रिम भूमिका खेल्दै आएको अमेरिकी राष्ट्रपतिय निर्वाचनको परिणाम अनुसार उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २९० मत पाएर विजयी भएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गरेका छन्। यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् ।

बाइडेनले आफूलाई अमेरिकी जनताले नेतृत्वको जिम्मेवारी दिएर सम्मानित गरेको लेखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई भोट दिने र नदिने सबै अमेरिकी जनताको राष्ट्रपतिका रूपमा काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । यो निर्वाचनमा सन् १९०० पछिका राष्ट्रपति चुनावमा सबैभन्दा बढी मतदान भएको बताइएको छ ।

राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट नपाएको बीबीसीले लेखेको छ ।

Categorized in अन्तर्राष्ट्रिय