-
२०८३ बैशाख ३१, बिहिबार
भविष्य फिल्म्सले थर्ड आई आर्ट्सकाे टीका शुभारम्भ
भविष्य फिल्मस् प्राली र थर्ड आइ आर्ट्स को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘टिका’ (TIKA: Stateless Soul) को शुभ मुहूर्त सम्पन्न भएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा बिहिबार आयोजित विशेष कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गरियो । तीजको अबसरमा आगामी भदौ २६ लाई यसअघि नै प्रदर्शन मिति तोकिसकिएको यो चलचित्र यसै साताबाट फ्लोरमा जाँदैछ । ...
-
२०८३ बैशाख ३१, बिहिबार
शताब्दी पुरुष सत्यमोहन जन्म जयन्तीको अवसरमा पूर्णप्रसाद ब्राह्मणबारे कृति सार्वजनिक
वानीरा फाउन्डेसनले आज एक समारोह बीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनाएकाे छ । सोही अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' नामक कृतिको लोकार्पण गर्नुभयो । उक्त कृति ४२ वर्षअघि नरेन्द्रराज प्रसाईले पूर्णप्रसाद ब्राह्मणसित लिएको अन्तर्वार्तामा आधारित छ । 'सांस्कृतिक योद्धा...
-
२०८३ बैशाख ३१, बिहिबार
चलचित्र कलाकार संघमा चुनावमा उत्तम केसी र सबिन श्रेष्ठबीच प्रतिस्पर्धा
नेपाली चलचित्र कलाकार हरुकाे छाता संगठन नेपाल चलचित्र कलाकार संघको आगामी जेठ ३ गते चुनावी साधारण सभा हुँदैछ । उक्त सभाले १७ सदस्यीय नयाँ कार्यसमिति चुन्नेछ । र यसको लागि चलचित्र कलाकारबीच अहिले चुनावी सरगर्मी बढेको छ । यस पटक बरिष्ठ कलाकार उत्तम केसी र संघका वर्तमान महासचिव सविन श्रेष्ठ अध्यक्षका आकांक्षी हुन् । यी दुईबीच नै नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले आ–...
-
२०८३ बैशाख ३०, बुधबार
काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला
काठमाडौं - काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३र०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महानगरपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम २०८३ साल जेठ १ गते बिहान १०...
-
२०८३ बैशाख २९, मंगलबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा नतिजा २९ दिनमा सार्वजनिक गरेको छ । यो वर्ष ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये...
-
२०८३ बैशाख २८, सोमबार
शिव श्रेष्ठकाे पहिलो चलचित्र "जीवन रेखा " नारायणघाटमा प्रदर्शन
शिव श्रेष्ठ फाउन्डेशनको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा अनि लायन्स क्लब चितवनको व्यवस्थापनमा प्रकाश थापा द्वारा निर्देशित ‘जीवनरेखा’ , जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरियो। यस्का लागि डिजिटल सिनेमा नेपाल (डीसीएन ) को पनि सहयोग रहेको थियो। याे चलचित्र ४४ वर्ष अघि वि सं २०३९ सालमा प्रदर्शन भएको थियो । नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्...
-
२०८३ बैशाख २८, सोमबार
नेवा: राष्ट्रिय संकिपा दबूले सार्वजनिक गर्याे आगामी कार्ययोजना
नेवा: चलचित्रको प्रवर्द्धन र विकासका लागि क्रियाशील संस्था नेवा: राष्ट्रिय संकिपा दबूले आइतबार बसेकाे बैठकले आफ्ना आगामी विभिन्न गतिविधि र कार्यक्रमहरूको कार्यतालिका सार्वजनिक गरेको छ। संस्थाको सचिवालयलाई थप व्यवस्थित बनाउँदै नेवा: चलचित्र क्षेत्रलाई व्यावसायिक र उचाइमा पुर्याउने उद्देश्यले यी कार्यक्रमहरू तय गरिएका हुन् भन्ने बताईएकाे छ । आइतबार सार्वजनिक तालिका अनुसार नेवा:...
-
२०८३ बैशाख २८, सोमबार
छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक
गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको मिठो स्वरमा मर्मश्पर्शी गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ को भिडियो हालै सार्वजनिक भएको छ । यस गीतको शब्द द्रोण अधिकारी रहेको छ भने संगीत करण न्यौपाने, एरेन्जर कृष्ण केसी रहेको छ । रेकर्डिस्ट लक्ष्मण सेन्चुरी, मिक्सिङ/मास्टरिङः बिमल चिनाल, सम्पादन/रङः क्रान्ति केसी, छायांकन अजय रेग्मीको रहेको गीतको याे भिडियोमा विक्रम थापा, स्मरिका ढकाल,...
-
२०८३ बैशाख २७, आइतबार
लहना साप्ताहिकको १३औं वार्षिकोत्सवमा नीजि संचारमाध्यमकाे सुविधा कटौती गर्नु खेदजनक भन्ने आवाज उठ्यो
नेपालभाषाको रंगीन साप्ताहिक ‘लहना वाःपौ’ को १३औं वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधि सभा सदस्य कुलभक्त शाक्यले सरकारी विज्ञापन नीजि संचार माध्यमलाई विज्ञापन नदिने सरकारको निर्णय विरुद्ध संसदमा आवाज उठाउने बताएका छन् । काठमाडौंमा आयोजित साे कार्यक्रममा बोल्दै संघीय सांसद शाक्यले वर्तमान समयमा संचारमाध्यमहरु त्यत्तिकै नै जटिल अवस्थाबाट गुज्रिरहेकोमा सरकारको पछिल्लो निर्णयले नीजि संचारमाध्यमलाई...
-
२०८३ बैशाख २६, शनिबार
पाँच दिने अभिनय कला तालिम शुभारम्भ
चलचित्र विकास बोर्ड र भुजेल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा पाँच दिने अभिनय कला तालिम शुभारम्भ गरिएको छ। जातीय तथा मातृभाषी चलचित्र क्षेत्रको क्षमता विकास, नयाँ कलाकारहरूको सीप अभिवृद्धि तथा समुदायको भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको हो। भुजेल चलचित्रकर्मी संघका अध्यक्ष अमृत सिं भुजेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा चलचित्र...
-
२०८३ बैशाख २४, बिहिबार
पोखरामा सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न
गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा पोखरामा सञ्चालन भएको सात दिने अभिनय प्रशिक्षण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। बैशाख १६ गतेदेखि २२ गतेसम्म हंशध्वनि थिएटर, नदीपुर–३ पोखरामा सम्पन्न साे कार्यशालामा वरिष्ठ रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालद्वारा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा गुरुङ चलचित्र क्षेत्रका कलाकार, नयाँ पुस्ताका...
-
२०८३ बैशाख २४, बिहिबार
थबाङमा गुन्जिए जनजागरणका स्वरहरु
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र रोल्पा कला साहित्य प्रतिष्ठानको सहआयोजनामा गत वैशाख १९ र २० गते रोल्पा जिल्लाको थबाङमा प्रगतिशील सङ्गीत उत्सव भव्यताका साथ सम्पन्न भएको छ । प्रगतिशील सुरहरु राष्ट्रका लागि भन्ने मूल उद्घोषका साथ भएको सो उत्सवमा नौबूँदे थबाङ घोषणापत्र समेत पारित भएको छ । कार्यक्रमको अघिल्लो दिनमा जलजला मेला भर्न गएका २० जना जिपमा सवार ...


