STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवा: राष्ट्रिय संकिपा दबूले सार्वजनिक गर्याे आगामी कार्ययोजना

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख २८, सोमबार

नेवा: चलचित्रको प्रवर्द्धन र विकासका लागि क्रियाशील संस्था नेवा: राष्ट्रिय संकिपा दबूले  आइतबार बसेकाे बैठकले  आफ्ना आगामी विभिन्न गतिविधि र कार्यक्रमहरूको कार्यतालिका सार्वजनिक गरेको छ। संस्थाको सचिवालयलाई थप व्यवस्थित बनाउँदै नेवा: चलचित्र क्षेत्रलाई व्यावसायिक र उचाइमा पुर्‍याउने उद्देश्यले यी कार्यक्रमहरू तय गरिएका हुन्  भन्ने बताईएकाे छ  ।

आइतबार    सार्वजनिक तालिका अनुसार नेवा: चलचित्रकर्मीहरूको भेलादेखि भव्य फिल्म फेस्टिभलसम्मका कार्यक्रमहरू रहेका छन् भने   मुख्य कार्यक्रमहरूमा आगामी जेठ २३ गते विशेष चलचित्र प्रदर्शनको आयोजना गरिने भएको छ। यसले नेवा: चलचित्रका दर्शकहरूलाई पुन: हलसम्म जोड्ने विश्वास लिइएको छ।

यस्तैगरी  असार २७ गते शनिबार फिल्म पत्रकार  तथा क्रिएटिभ्सहरूको विशेष भेला डाकिएको छ। क्रिएटिभ्स भेला नाम दिइएको   यस भेलामा चलचित्रकर्मी, पत्रकार र सिर्जनशील व्यक्तित्वहरूबीच नेवा: चलचित्रको वर्तमान अवस्था र भविष्यको रणनीतिबारे छलफल हुनेछ भने चलचित्र क्षेत्रको प्राज्ञिक र अभिलेखीकरणका लागि 'संकिपा जर्नल' प्रकाशन गर्ने तयारी पनि संस्थाले गरिर हेकाे बताइएको   छ।

वर्षकै मुख्य आकर्षणको  रूपमा यस संस्थाले   असोज १० गते 'संकिपा नख:' अर्थात् नेवा: चलचित्र महोत्सव आयोजना गर्ने याेजना बनाएको छ  । यस महोत्सवमा उत्कृष्ट चलचित्रहरूको प्रदर्शन र प्रतिभावान चलचित्रकर्मीहरूलाई सम्मानित गरिने योजना छ।

संस्थागत सुदृढीकरण

संस्थाले आफ्ना गतिविधिहरूलाई चुस्त र प्रभावकारी बनाउनका लागि सचिवालय सञ्चालनलाई विशेष प्राथमिकता दिएको छ। कार्यालयको दैनिक प्रशासनिक कार्य र चलचित्रकर्मीहरूसँगको समन्वयलाई तीव्र बनाउन सचिवालयले सक्रिय भूमिका खेल्ने दबूले जनाएको छ।

नेवा: कला, संस्कृति र भाषालाई चलचित्रको माध्यमबाट विश्वमा चिनाउन यी कार्यक्रमहरूले कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

Categorized in सिनेमा