छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख २८, सोमबार
गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको मिठो स्वरमा मर्मश्पर्शी गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ को भिडियो हालै सार्वजनिक भएको छ । यस गीतको शब्द द्रोण अधिकारी रहेको छ भने संगीत करण न्यौपाने, एरेन्जर कृष्ण केसी रहेको छ । रेकर्डिस्ट लक्ष्मण सेन्चुरी, मिक्सिङ/मास्टरिङः बिमल चिनाल, सम्पादन/रङः क्रान्ति केसी, छायांकन अजय रेग्मीको रहेको गीतको याे भिडियोमा विक्रम थापा, स्मरिका ढकाल, एन्जिला खत्री, इन्द्रप्रसाद ढकाल, द्रोण अधिकारीको जिवन्त अभिनय रहेको छ ।
निर्माण प्रबन्धक राजेन्द्र ठकुरी र विदेश केसी, भोल्युम अन एण्ड स्नो फल इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ का निर्देशक क्रान्ति केसी हुन् ।
Categorized in साहित्य-कला

